पहिलो कार: जसमा न ब्रेक हुनेछ न त स्टेयरिङ

पहिलो कार: जसमा न ब्रेक हुनेछ न त स्टेयरिङ

एजेन्सी: अहिलेसम्म तपाईँले कयौँ फिल्ममा कार उड्दै गरेको देख्नु भएको छ । कयौँ बिना गियरवाला गाडीबारे पनि तपाईँले सुन्नु भएको होला । अब चाँडै नै एउटा यस्तो कार आउँदैछ, जसको बारेमा सुनेर तपाईँलाई सुरुमा विश्वास गर्न गाह्रो पर्नेछ ।

समाचार अनुसार ब्रेक र स्टेरिङ दुवै नभएको कारको निर्माणमा जुटेको छ विश्वचर्चित अमेरिकन गाडी निर्माता कम्पनी जनरल मोटर्स । यस कारमा न त गियर हुनेछ न नै ब्रेक र स्टेयरिङ्ग। यो कार पूर्णरुपमा अटोनोमस हुनेछ । यसको अर्थ भनेको तपाईँले केही पनि गर्नै पर्दैन । तपाईँले केबल कारमा बसिदिए मात्र पुग्छ ।

जनरल मोटर्स कन्पनीले ट्वीट गरेर लेखेको छ, 'यस्तो विश्वबारे पनि सोच्नुस्, जहाँ कुनै कार दुर्घटना नहोस। स्टेयरिङ्ग ह्वील र प्याडललाई सुरक्षितरुपमा निकालेर चौथो जेनरेशनको सेल्फ-ड्राइभिङ्ग क्रुज एभीले हाम्रो जिरो ऐक्सिडेन्टवाला भिजनलाई सफल बनाउन मद्धत गर्नेछ ।

समाचार अनुसार कम्पनीले यसको उत्पादनका लागि मोडल पनि तयार गरेको छ । अमेरिकाको परिवहन विभागमा यसको अनुमतिको फाइल पेन्डिङमा छ । विभागबाट अनुमति मिल्नेबित्तिकै सन् २०१९ मा यसलाई सडकमा परीक्षणका लागि निकालिनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.