पढाउने कसरी ? हेर्नुस् यो भाइरल भिडियो
नयाँ दिल्ली : बालालिकाहरू पहिला स्कुल जान मान्दैनथे। स्कुल हिँड्नुअघि उनीहरू रोइदिन्थे। गृहकार्य गरेको छैन भने सजायँको डर त छँदै थियो।
तर सोसल मिडियामा भाइरल भएको एक भिडियोले देखाउँछ कि यो स्थिति बदलिँदै गएको छ। भिडियोमा एक स्कुलका बच्चाहरू हाँस्दै खेल्दै सिकाईमा मस्त रहेको देखिन्छ। स्कुले बच्चाहरू नाच्दैगाउँदै पढाईमा मस्त भएको यो भिडियो अहिले सोसल मिडियामा भाइरल भएको छ।
बच्चाहरू खासमा दुईको गुणा घोकिरहेका छन्। बीचमा तीनजना बच्चाहरू कम्मर मर्काई मर्काई नाचिरहेका छन् भने आसपास अन्य बच्चाहरू घेरिएर ताली बजाउँदै गुणा घोकिरहेका छन्।
न त्यहाँ कोही शिक्षक देखिन्छन् न त कुनै कालोपाटी नै। भारतीय च्यानल एनडीटीभीका अनुसार यो भिडियो कुन ठाउँको हो र कसले सबैभन्दा पहिला अपलोड गरेको हो भने खुल्न सकेको छैन।
खुला चौरमा घाम ताप्दै पढिरहेका यी बालबालिकाको दृश्यले धेरैको मन तानेको छ। र, त भिडियो भाइरल भएको छ।
यो भिडियो फेसबुकमा पोस्ट गर्दै माल्लिक जिलानीले लेखेका छन्- 'यो कुन स्कुल हो जहाँ मैले पढ्न पाइन?'
हेर्नुस् भिडियो