जेलबाट भागे कैदी
काठमाडौं : डाका मुद्दाका कैदी टीकाबहादुर थापा डिल्लीबजार सदरखोरबाट गएराति भागेका छन् । लुटपाट तथा डकैती मुद्दामा राखिएका थापा कारागारबाट भागेको प्रहरीले शुक्रबार बिहान मात्रै थाहा पाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले काँडेतार काटेर भागेका थापाको खोजी भइरहेको जानकारी दिए । उनले भने,‘ कारागारमा सुरक्षार्थ प्रहरीको लापरबाहीका कारण थापा भागे । उनको खोजी भइरहेको छ ।’
महानगरीय प्रहरीले कैदी भगाएको आशंकामा असईसहित केही प्रहरी जवानलाई नियन्त्रणमा लिएर छानविन गरिरहेको छ । जोशीका अनुसार छानविन समिति गठन गरेर अनुसन्धान भइरहेको छ ।