यहाँ बन्दैछ विश्वकै ठुलो एयरपोर्ट, वार्षिक १० करोड यात्री

यहाँ बन्दैछ विश्वकै ठुलो एयरपोर्ट, वार्षिक १० करोड यात्री

बेइजिङ : यो कुनै अन्तरीक्ष यानको तस्बिर होइन । यो त बन्दै गरेको विश्वकै सबैभन्दा ठुलो एयरपोर्ट हो । चीनको राजधानी बेइजिङमा एउटा विशाल नयाँ एयरपोर्ट बनाइँदैछ । जसलाई विश्वकै सबैभन्दा ठुलो एयरपोर्ट भनिएको छ ।

यसको परीक्षण सन् २०१९ अक्टोबरबाट हुनेछ । बेइजिङ महागरपालिका कार्यालयका अनुसार यसको इन्जिनियरिङ्ग परियोजना जुलाई २०१९ मा पुरा हुनेछ । यसको परीक्षण तीन महिनापछि अर्थात अक्टोबरबाट सुरु हुँदैछ ।

यो एयरपोर्ट बेइजिङस्थित तियानमेन स्क्वायरबाट ४६ किलोमिटर दक्षिणमा अवस्थित दाक्सिङ्ग जिल्ला र लाङ्गफाङ्गको सीमामा अवस्थित छ । लाङ्गफाङ्ग हिबेई राज्यमा रहेको छ । जिल्ला सरकारका प्रमुख व्याङ्ग युग्योले भनेका छन्, 'डेक्सिङ्ग जिल्ला विमानस्थल निर्माण र विमानस्थलको आर्थिक क्षेत्रलाई विशेष प्राथमिकता दिँदैछ ।'

ग्लोबल टाइम्सको समाचार अनुसार अन्तरीक्ष यान जस्तै देखिने यो एयरपोर्ट ३,१३,००० वर्ग मिटर जग्गामा फेलिएको छ । यो एयरपोर्टमा ६ वटा कोरिडोर हुनेछन् । यसमा बगैँचा, ल्याडस्क्याप र घरेलु तथा विदेशी यात्रुका लागि अलग-अलग टर्मिनल हुनेछ । एक वर्षमा यो एयरपोर्टबाट १० करोड यात्री यात्रा गर्नेछन् । यो एयरपोर्टबाट हरेक वर्ष ४ मिलियन टन सामान पनि ढुवानी हुनेछ ।

यो एयरपोर्ट अहिले बेइजिङ्ग राजधानी क्यापिटल इन्टरनेशनल एयरपोर्टबाट ६७ किलोमिटर टाढा रहेको छ। शहरलाई एयपोर्टसँग जोड्नका लागि द्रतु राजमार्गको निर्माण पनि सुरु भइसकेको छ । एयपोर्टको नयाँ डिजाइन अनुसार यहाँ चारवटा धावनमार्ग हुनेछन् । हरेक वर्ष यो एयरपोर्टमा ६ लाख २० हजार उडान हुनेछन् ।

भिडियो हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.