अब 'क्यालकुलेटर'ले बताउँछ तपाईँको मृत्यु कहिले हुँदैछ ?

अब 'क्यालकुलेटर'ले बताउँछ तपाईँको मृत्यु कहिले हुँदैछ ?

एजेन्सी: यदि तपाईलाई आफ्नो मृत्युको मिति थाहा भयो भने के गर्नुहुन्छ ? कोही धेरै भन्दा धेरै समय आफ्नो परिवारसँऊ समय बिताउन चाहन्छ । कोही आफ्नो बाँकी इच्छा पुरा गर्न जुट्छ । तर हाम्रो मृत्यु कहिले हुँदैछ भन्ने कुरा जान्नु जीवनको सबैभन्दा जटिल विषय हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्यानफर्ड यूनिभर्सिटीका शोधकर्ताको टिमले यस कामलाई केही सजिलो बनाइदिएका छन् । यी वैज्ञानिकहरुको समूहको दाबी अनुसार उनीहरुले यस्तो एउटा प्रविधिको विकास गरेका छन् जसले कसैको मृत्युको अनुमान ९० प्रतिशतसम्म लगाउन सकिन्छ ।

तर यो कुरा सुन्दा तपाईँहरुलाई अनौठो र हावादारी पनि लाग्न सक्छ । यो कुराबारे शोधकर्ताले भनेका छन्, 'आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात एक किसिमको 'क्यालकुलेटर'को सहयोगमा कुनै पनि विरामीको अन्तिम समयलाई धेरै नै उत्कृष्ट बनाउन सकिन्छ ।'

हालैमात्र प्रकाशित भएको यस शोधको प्रतिवेदनमा भनिएको छ, 'विरामी अन्तिम समयमा जुन किसिमको जिन्दगी जिउन चाहन्छ । वास्तवमा त्यस्तो यथार्थमा हुनै सक्दैन ।' यो शोधका अनुसार करिब ८० प्रतिशत अमेरिकन आफ्नो जिन्दगीको अन्तिम पल परिवारसँग घरमा बिताउन चाहेको तथ्य पनि पत्ता लगाएको छ । तर वास्तविक अवस्थामा ६० प्रतिशत अमेरिकनको अस्पतालमै निधन हुने गरेको छ ।

स्ट्यानफर्ड यूनिभर्सिटीको एआई ल्याबमा कार्यरत पिएचडी विद्यार्थी तथा शोधकर्ता आनन्द अवतीले बताए अनुसार स्ट्यानफर्ड अस्पताल र लुसिल प्याकार्ड बाल अस्पतालबाट करिब २० लाख बिरामीको इलेक्ट्रोनिक हेल्थ रेकर्ड संकलन गरिएको थियो । जसमा बच्चा र बयस्क मानिस पनि सामेल थिए । यस तथ्यांकमार्फत 'डीप नेचुरल नेटवर्क' तयार गरिएको थियो । यो नेटवर्कबाट एआईले तीन महिनादेखि १२ महिनाको बीचमा मृत्यु हुने विरामीको अनुमान लगाउन सकिएको थियो ।

यस नेटवर्कमार्फत वैज्ञानिकहरुले यस्तो एउटा 'क्यालकुलेटर' बनाएका छन्, जसमार्फत कुनै पनि कारणबाट हुने मृत्युको कारण पत्ता लगाउन सकिन्छ । यो नेटवर्कले जिन्दगी समाप्त हुनुअघि कुनै पनि विरामीको कसरी स्याहार गर्न सकिन्छ भन्ने कुरा पनि जान्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

तर यसले कुन विरामीलाई रोगको कस्तो लक्षण देखिन्छ र कस्तो उपचारको आवश्यकता छ भन्ने कुरा भने पत्ता लगाउन कठिन छ । यसबारेमा पनि अहिले वैज्ञानिकहरुले अध्ययनलाई तीब्र बनाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.