यस्तो देखियो प्रदेश ४ का सांसदको सपथ

यस्तो देखियो प्रदेश ४ का सांसदको सपथ

पोखरा : प्रदेश नम्बर ४ का सांसदहरुले आइतबार सपथ लिएका छन्। प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई बिहान ९ बजे आफ्नै कार्यालयमा सपथ गराएका थिए। त्यसपछि प्रदेश सभा भवनमा ६७ वर्षीय श्रेष्ठले अरु ५७ सांसदलाई सपथ गराए।

पोखरा ३ नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभास्थल बनाइएको छ। सपथका लागि सांसदहरु १० बजे हाराहारीमा उपस्थित भएका थिए। पौने ११ बजे ज्येष्ठ सदस्य श्रेष्ठले सपथ खुवाएका थिए।

तर २ जना सांसद भने अनुपस्थित भए। तनहुँ १ (१)बाट निर्वाचित एमाले सांसद रामबहादुर गुरुङ र मनाङ २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सपथमा अनुपस्थित भएका हुन्।

रामबहादुर आउन ढिला भएका कारण सपथमा उपस्थित हुन नसकेको बताइएको थियो। ज्यान मार्ने उद्योग मुद्दामा अदालती फैसलाका कारण पक्राउ आदेश भएका हुँदा राजीव उपस्थित हुन सकेनन्।

प्रदेशको पहिलो बैठक निर्वाचन परिणाम आएको २० दिनभित्र बोलाउनुपर्ने प्रावधान छ। प्रदेश प्रमुखले सभाको बैठक डाक्नेछन्। संविधानको धारा १८२मा प्रदेश सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ। ‘प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन्’, संविधानमा भनिएको छ।

प्रत्यक्ष निर्वाचित गरी ३६ र समानुपातिकबाट २४ गरी प्रदेश ४ मा ६० सांसद छन्। त्यसमध्ये एमालेका २७, कांग्रेसका १५, माओवादीका १२ जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सांसद छन्।

प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने व्यवस्था संविधानले गरेको छ। प्रदेश सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्य मन्त्री नियुक्त गर्ने प्रावधान छ। एकल पार्टीको बहुमत नपुगे दुई दलको समर्थन प्राप्त गर्नेलाई नियुक्त गर्नुपर्ने छ। प्रदेश ४ मा एमाले र माओवादी गबन्धन भएको हुँदा ती पार्टीले मन्त्रिपरिषद गठन गर्नसक्ने देखिन्छ।

प्रदेश सभाका आगामी कार्यक्रम छलफलका आधारमा तय गरिने जानकारी प्रदेश सभा सचिवालय सदस्य कास्कीका सीडीओ तारानाथ अधिकारीले दिएका छन्।

मुख्यमन्त्रीको प्रबल दाबेदार मानिएका एमाले केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीको निर्णयपछि संसदीय दलको नेता चुनिने प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.