कांग्रेसको पदाधिकारी बैठक जारी

कांग्रेसको पदाधिकारी बैठक जारी
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीसहितको छलफल जारी रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गर्दै आएको छ।

सभामुखले गृह मन्त्रालय र लामिछानेमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा बोल्न समय दिँदा वेलमा पुगेपछि कांग्रेसले रोस्टम् घेराउ गरेर बोल्न समेत दिएको थिएन। तर महामन्त्री गगन थापाले सदनमा गृहमन्त्रीको जवाफ सुन्नका लागी आफूहरु तयार रहेपनि सभामुखले जबरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको दाबी छ। कांग्रेसले सरकारको रवैयामा सभामुखले पनि गतिरोध अन्त्य गर्न कुनै पहल नगरेको ठहर गरेको छ।

आजको पदाधिकारी बैठकमा समसामयिक राजनीति, संसदमा कांग्रेस अब कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित रहेर छलफलका लागि बैठक बसेको लेखकले बताए।

कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका थिए। जेठ १ गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ। 

सरकारले ल्याउने नीति तथा कार्यक्रम संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन्। कांग्रेसबाट निर्वाचित राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्न संसद् आउने भएपछि संसद बैठक अवरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिएको छ। कांग्रेसले निरन्तर संसद् अवरोध गर्ने भएपछि सभामुखले मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउन राष्ट्रपतिलाई आह्वान गरेको दिन बैठक बोलाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.