धनकुटाको हडताल फिर्ता

धनकुटाको हडताल फिर्ता

 धनकुटा : प्रदेश १ को अस्थायी मुकाम (राजधानी) धनकुटा तोकिनुपर्ने मागसहित धनकुटावासीले गर्दै आएको हडताल सात दिनका लागि स्थगन भएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा हटाएसँगै हडताल फिर्ता लिने निर्णय भएको आन्दोलन परिचालन समितिका सदस्य–सचिव जयन्द्र प्रधानले जानकारी दिए । सोमबार बसेको आन्दोलन परिचालन समितिको बैठकले हडताल एक साता स्थगन गरी विरोधका कार्यक्रमको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम विराटनगर तोकेको विरोधमा धनकुटावासीले आन्दोलन चर्काउँदै हडताल आह्वान गरेका थिए । बैठकले मंगलबारदेखि १२ देखि १ बजेसम्म सात दिन एक घन्टा चक्काजाम गर्ने निर्णय गरेको छ । समितिले सात दिनभित्र वार्तामा बोलाएर माग सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । उक्त अवधिमा पनि वार्तामा नबोलाए १५ गतेदेखि पुनः अनिश्चितकालीन हडताल आह्वान गरिने उनले बताए ।

स्थानीय प्रशासनले सोमबार दिउँसोदेखि निषेधाज्ञा हटाएसँगै धनकुटावासीले साँझ जुलुस गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.