प्रदेश सरकारसँग समृद्धिको आस

प्रदेश सरकारसँग समृद्धिको आस

जनकपुरधाम : प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएपछि यहाँ प्रदेश सरकार सञ्चालनको तयारी छ । पछिल्लो समय आन्दोलनको केन्द्रबिन्दुका रूपमा रहेको जनकपुरले अहिले प्रदेश राजधानी र परिवर्तित राजनीतिको अभ्यासस्थलका रूपमा चर्चा पाउन थालेको छ ।

आन्दोलनकै कारण विकासको गतिमा पछि परेको यहाँबाट प्रदेश सरकार सञ्चालन हुने भएपनि ऊर्जा थपिएको साहित्यकार अवधेश पोखरेल बताउँछन् । प्रदेशसभा सदस्यले मातृभाषामा शपथग्रहण गरेपछि राम्रो सन्देश गएको पोखरेलको ठम्याइ छ ।

विगतका दुःख बिर्सिएर राजनीतिक सुनिश्चिता र विकासको आस प्रदेश सरकारसँग यहाँका बासिन्दाले गरेको प्राध्यापक विजय दत्त बताउँछन् । ‘यहाँको नेतृत्व योजनाबद्ध रूपमा विकासमा लागे यो नमुना प्रदेश बन्न सक्छ’, उनी भन्छन्, ‘पर्यटन, कृषि, कलकारखाना सबैका लागि यो प्रदेशमा प्रचुर सम्भावना छ । अब यसबाटै जनताको जीवनस्तर उकास्नु प्रदेश सरकारको पहिलो प्राथमिकताको विषय बन्नुपर्छ ।’

‘पहिला जनकपुर बसेर केही गर्न सकिँदैन भन्ने लाग्थ्यो तर यहाँ तीव्र गतिमा भइरहेको परिवर्तन हेर्दा आस जाग्न थालेको छ ।’ प्रशान्त झा, स्थानीय युवा

होटल व्यवसायी धमेन्द्र साहका बन्द, हडताल र आन्दोलनका कारण व्यापार÷व्यवसाय चौपट भएर लगानी ठप्प हुन थालेको थियो । तर, प्रदेश राजधानीको सम्भावना र अस्थायी मुकाम तोकिएपछि व्यापारीका लागि पनि लगानीको बाटो खुलेको उनी बताउँछन् । ‘पहिला भारतीय पर्यटकका भरमा व्यापार चल्ने गथ्र्यो’, उनी भन्छन्, ‘तर, अहिले प्रदेशको अस्थायी मुकाम भई प्रदेश सरकार यहींबाट सञ्चालन हुने भएपछि आठ जिल्लाबाट कामकाजका लागि जनकपुर आउनेको संख्या बढ्नेछ । यस्तो अवस्थामा व्यापार÷ व्यवसाय पनि फस्टाउनेछ ।’

रोजगारीको अवसर पनि बढ्ने हुनाले अब यस क्षेत्रका बासिन्दाको भविष्य सुखद हुने युवा अभियन्ता नागेन्द्र साह बताउँछन् । ‘विभिन्न आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति युवाले नै भोग्नुपर्‍यो’, उनी भन्छन्, ‘राजनीतिक संक्रमणको आडमा शिक्षा क्षेत्र धराशायी हुनुका साथै स्वास्थ्य, यातायात सबैको बेहाल भयो । अब राजनीतिक स्थिरताका साथै समृद्धिको बाटो खुलोस् भन्ने चाहना छ ।’

जनकपुर जीर्ण सडक, फोहोर बाटाघाटा, खुला नाला र लामखुट्टेको प्रकोप भएको सहर भन्दा स्थानीय युवा प्रशान्त झालाई दुःख लाग्थ्यो । भन्छन्, ‘तर, अहिले ती सबै समस्या पन्छाउँदै यो सहर अस्थायी राजधानी नै बनेपछि गर्व लाग्न थालेको छ ।’

यहाँ दर्जनौं विकासका योजना सम्पन्न भएपछि सुन्दर नगरका बासिन्दा हुने परिकल्पनाले पनि रोमान्चित गर्ने गरेको उनी सुनाउँछन् । भन्छन्, ‘पहिला जनकपुर बसेर केही गर्न सकिँदैन भन्ने लाग्थ्यो तर यहाँ तीव्र गतिमा भइरहेको परिवर्तन हेर्दा आस जाग्न थालेको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.