विद्यार्थी नेतालाई देउवाले भने : नेपालको भूमि एक इन्च पनि मिच्‍न दिन्‍न

 विद्यार्थी नेतालाई देउवाले भने : नेपालको भूमि एक इन्च पनि  मिच्‍न दिन्‍न

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्‍च भूमि मिच्‍न नदिने प्रतिबद्धता जनाएका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको स्थलगत अध्यनपछि तयार पारिएको प्रतिवेदन बुझाउन गएका विद्यार्थी नेतासँग यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बालुवाटारमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले छपकैया सीमा अतिक्रमणबारे तयार पारिएको प्रतिवेदन बिहीबार बुझाएका हुन्। यही माघ ६ गते दुवै संगठनको टोलीले सीमा रक्षा तथा जागरण अभियानसहित सीमा मिचिएको भनिएको छपकैयामा पुगी स्थलगत अध्ययन गरेका थिए।

प्रतिवेदनमा छपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले करिब तीन किमी दूरीका ठाउँठाउँमा करिब ५० बिगाहा क्षेत्रफल नेपाली भूमि भारततर्फ पर्न गएको उल्लेख गरिएको छ।

उनीहरुले सीमाङ्कनका आधारमा बनेका सीमा नक्साको पुनरावलोकन गर्नुपर्ने, सीमा नक्सा गर्दा मुख्य पिलर र स्थानीयवासीले उपभोगको आधारमा पुनरावलोकन गर्नुपर्ने, सीमाजस्ता संवेदनशील विषयमा प्राविधिक नभई राष्ट्रियस्तरबाट नै सहमति र हस्ताक्षर हुनुपर्ने, सिमानाका रुपमा रहेका ५७ वटा नदीनालाको तटबन्ध गरिनुपर्ने, भारतीय पक्षले दशगजा क्षेत्र अतिक्रमण गरी बनाइका संरचना भत्काउनुपर्ने, सीमा समस्याको दीर्घकालीन समस्याका लागि काँडेतार लगाउनुपर्ने माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.