धरानका मेयरविरुद्ध कांग्रेस

धरानका मेयरविरुद्ध कांग्रेस

धरान : ६९ लाखको गाडी खरिद र एमाले नेता पत्नीलाई विना प्रतिष्पर्धा जागिर लगाएर विवादमा तानिएका धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाविरुद्ध कांग्रेसले खबरदारी गरेको छ। विभिन्न गैह्रकानुनी काम गरेर विवादमा तानिएका नेता सुब्बाले तत्काल निर्णय नसच्याए कांग्रेस आन्दोलित हुने बताएको छ।

प्रमुख पदमा निर्वाचित भएका सुब्बाले कार्यभार सम्हालेदेखि विवादास्पद निर्णय गरेर धरानको विकासलाई प्रभावित पार्न खोजेको भन्दै कांग्रेस धरानले बिहीबार पत्रकार सम्मेलन गरी मेयर सुब्बाको कार्यशैलीप्रति गम्भीर विरोध जनाएको छ। कांग्रेस धरानका सभापति तिलक राईले मेयर सुब्बाले कांग्रेसबाट निर्वाचित भएका वडाअध्यक्षहरुको कामलाई हस्तक्षेप गर्दै उपमहानगरपालिकामा विवादास्पद निर्णय गरेको जनाउँदै निर्णय नसच्याए उनी विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको हो।

मेयर सुब्बाले एमाले नेता पत्नीलाई प्रतिष्पर्धा नगराइ जागिर लगाएको, ६९ लाख रुपैयाँ बराबरको गाडी खरिद गर्न लागेको, धरान बसपार्कको निर्माण कार्य अगाडि नबढाएको, सर्दुजलाधारको सरंक्षण गर्न छाडेर भुमाफियाहरुसंँग मिलेर सर्दु जलाधार हडप्न खोजेको कांग्रेस सभापती राईको आरोप छ। राईले मेयर सुब्बाले जोगवनी किमाथांकासम्मको ६ लेन र धरान चतरा सम्मको ४ लेन सडकलाई बाईपास गर्ने सर्वदलीय बैठकको निर्णलाई अवज्ञा गरी सडक बाइपासमा ध्यान नदिएको भन्दै विरोध जनाएका छन्।

उनले धरान खानेपानी आयोजनाको काममा समेत उपमहानगरपालिकाले चासो नदेखाउँदा धरानवासीलाई खानेपानीको चरम अभाव भएको भन्दै तत्काल विकास निर्माणका काम अगाडि नबढाइए कांग्रेसले मेयरविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। राईले धरानको खानेपानीको मुख्य श्रोत मानिएको सर्दु जलाधारको सिमांकन गरी जलाधार क्षेत्र ओगटेर बसेकालाई तत्काल हटाउन समेत माग गरेका छन्।

धरान २ का वडा अध्यक्ष माधवगोविन्द श्रेष्ठले नगरसभा र कार्यपालिकाको सहमतिविना ६९ लाखको गाडी खरिद गर्न लागेको बताए। उनले उपमहानगरपालिका आर्थिकरुपमा धरायसी भएकाले महंगो गाडी खरिद गर्दा जनप्रतिनिधिहरु बीच गलत सन्देश जाने भएकाले महंगो गाडी खरिद गर्न नहुने सुझाव दिँदा समेत मेयर सुब्बाले एकल निर्णय गरी गाडी खरिद प्रक्रिया अगाडि बढाएकोे आरोप लगाए। मेयर सुब्बाले भने नगरसभा र कार्यपालिकाको बोर्ड बैठकको निर्णयअनुसार नै उपमहानगरपालिकाको काम गर्दै आएको दावी गर्दै आएका छन्।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.