विवादित सीमा क्षेत्रमा नेविसंघको भारतविरुद्ध नाराबाजी

विवादित सीमा क्षेत्रमा नेविसंघको भारतविरुद्ध नाराबाजी

वीरगन्ज : नेपाल भारतको दशगजा क्षेत्रमा नयाँ पिलर गाड्ने क्रममा वीरगन्जको छपकैयामा भारतले नेपाली भूमी मिचेको ठहर गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार दशगजा क्षेत्रमै भारतविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौबाट वीरगन्ज आइपुगेको नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर सहितका केन्द्रीय पदाधिकारी र सदस्यले छपकैयास्थित दशगजा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डासहित प्रदर्शन गरेको हो ।

छपकैयामा नयाँ पिलर राख्ने क्रममा भारततर्फ पर्न गएको नेपाली भूमीमै पुगेर प्रदर्शन गर्ने क्रममा नेविसंघका नेता कार्यकर्ताले भारतको विरोधमा पनि नाराबाजी गरे ।नाराबाजीका क्रममा उनीहरुले भारतले मिचेको नेपाली भूमी फिर्ता गर्न नेपाल सरकारसँग पनि माग गरेका छन् ।

विवादित सीमा क्षेत्रको स्थलगत अवलोकनपछि नेविसंघका केन्द्रीय अध्यक्ष महरले विवादित सीमा क्षेत्रको स्थलगत अवलोकन गर्दा नयाँ पिलर राख्ने क्रममा भारतीय पक्षले नेपाल भूमी मिचेको देखिएको बताए ।

नेपाली भूमीको रक्षाका लागि नेविसंघ सदैव तत्पर रहने भन्दै उनले वीरगन्जको छपकैयामा मिचिएको नेपाली भूमी तत्काल फिर्ता गराउन नेपाल सरकारसँग माग पनि गरे ।

नेपाल र भारतको सीमा क्षेत्रमा अहिले भइरहेको नयाँ पिलर गाड्ने काम अवैज्ञानिक रहेको भन्दै महरले भने ,‘दुवै देशका सम्बन्धित निकायले एक अर्काको भूमी नमिचिने गरी वैज्ञानिक ढंगले पिलर राख्नु पर्छ, त्यो भन्दा पहिले अहिले मिचिएको नेपाली भूमी सरकारले तत्काल फिर्ता ल्याउनु पर्छ ।’

आफूहरु वीरगन्जबाट फर्किएर काठमाडांै पुगेपछि प्रधानमन्त्री शेरबहादर देउवा र नापी विभागका उच्च अधिकृतलाई भेटेर वीरगन्जमा नेपाली भूमी मिचिएको बारे जानकारी गराउने भन्दै नेविसंघका अध्यक्ष महरले भने, ‘अहिले गाडिएका पिलरहरु सच्याएर मिचिएको भूमी फिर्ता गराउन सरकारले पहल नगरे नेपाली भूमीको रक्षाका लागि नेविसंघ सशक्त आन्दोलनमा उत्रिन्छ ।’

बिहीबार सीमा क्षेत्रमा भएको प्रदर्शनमा नेविसंघका महामन्त्री आनन्द त्रिपाठी, सहमहामन्त्री प्रेमराज जोशी ,उपाध्यक्ष पवन यादव, दुई नम्बर प्रदेशका संयोजक सन्जय यादव, केन्द्रीय सदस्य सुधिर पटेल, फिरोज आलम, नेताहरु बद्रि नारायण तिवारी , विश्वास द्विवेदीलगायतको सहभागीता थियो ।

यसअघि अखिल क्रान्तिकारी, अनेरास्ववियु र वाइसियलको केन्द्रीय टोलीले पनि वीरगन्जको छपकैयास्थित विवादित सीमा क्षेत्रको स्थलगत अवलोकन गरी सीमा क्षेत्रमा राष्ट्रिय झण्डा गाड्नुका साथै प्रदर्शन पनि गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.