कोमल वलीको पक्षमा राष्ट्रिय सहमति भएको अाेलीको दाबी

कोमल  वलीको पक्षमा राष्ट्रिय सहमति भएको अाेलीको दाबी


काठमाडौं :  एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा कोमल वलीको पक्षमा असन्तुष्टि नरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओली भने, ‘कोमल वलीको पक्षमा राष्ट्रिय सहमति भएको छ, उहाँ विरुद्ध कांग्रेसले समेत उम्मेदवार उठाएन, बरु मेरोविरुद्ध उम्मेदवारी परेको थियो ।’ एमालेले गायिका कोमल वलीलाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ। उनी निर्विरोध निर्वाचित भइसकेकी छन्।

उनले एमाले सिंगो पार्टी नै वाम एकताको पक्षमा रहेको बताए। उनले पार्टी एकताको काम समेत अघि बढिरहेको जानकारी दिए। उनले वाम एकता फुटाउन कांग्रेसले जति सुकै षडयन्त्र अपनाए पनि सफल नहुने बताए। एमाले अध्यक्ष ओली नवराज सिलवालको यथार्थ छानविन नयाँ सरकारले गर्ने बताए। उनले सिलवाललाई डीआइजीबाट बढुवा गर्ने समय देखि नै वर्तमान सरकारले निसाना बनाइरहेको बताए। ‘जनताले छानेको सांसद र उनको परिवारलाई आतंकित गर्ने काम भइरहेको छ, त्यो न्यायोचित होइन’ एमाले अध्यक्ष ओलीले भने। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बैशमा बृद्धाभत्ता खान खोजेको ब्यङ्ग्य गरे।

उनले भने, ‘जेष्ठ नागरिकको उम्मेदवार ७० बाट ६५ बनाएर बैशमा नै उहाँ(देउवा)ले भत्ता खान खोज्नु भएको हो, शेरबहादुर जी त सांसद पनि हुनुहन्छ त त्यहीबाट खान पाइहाल्नु हुन्छ त, किन हतार गर्नु परेको ? अध्यक्ष ओलीले एआइजीको दरबन्दी थप्न गरेको सरकारको प्रस्तावको पनि विरोध गरे। वर्तमान देउवा सरकारले गरेका सबै निर्णयको पुर्नविचार हुने उनले बताए।

सीमा मिच्ने कार्य सह्य हुँदैन : ओली
एमाले अध्यक्ष ओलीले पर्साको छपकैयामा भारतले नेपाली भूभागमाथि गरेको अतिक्रमणको विषयमा यथार्थता खोजी गर्ने बताए। उनले सीमा मिच्ने कार्य सच्याउनु पर्ने बताए। उनले भने,‘ हाम्रो सीमा कसैले मिच्न पाउदैन,त्यो हामीलाई सह्य हुदैन, मिचिएको भए सच्याउनु पर्छ ।’ उनले आफ्नो सरकार बनेपछि आपसी वार्ताबाट सीमा समस्या समाधान गर्ने बताए।

११ बुँदामा एमालेको आक्रोश (वक्तव्यसहित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.