गाउँमै स्वास्थ्य केन्द्र बनेपछि खुसी छायो

गाउँमै स्वास्थ्य केन्द्र बनेपछि खुसी छायो

सिन्धुपाल्चोक : पेट दुख्ने समस्याले ग्रसित चौतारा साँगाचोक गढी नगरपालिका–१२ की ६० वर्षीया राममाया तामाङले आफ्नै गाउँमै उपचार गराइन् । गाउँमा स्वास्थ्य संस्था नभएर सामान्य उपचार गराउन पनि टाढा पुग्नुपर्ने समस्या भएपछि सुरु गरिएको सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि उनले उपचार गराएकी हुन् । प्राथमिक उपचार गर्न पनि घण्टौं टाढा जल्केनी वा चौतारा पुग्नुपर्ने बाध्यताबाट सहरी स्वास्थ्य केन्द्रले मुक्ति दिलाएको तामाङको भनाइ छ ।

स्थानीय डा. सविना पराजुलीले विदेशी दाता खोजेर भवन र आवश्यक उपकरणको व्यवस्था मिलाएपछि नगर पालिकाको सहमतिमा केन्द्र सुरु गरिएको हो । केन्द्रको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बिहिबार एक समारोहबीच शुभारम्भ गरे ।

अष्ट्रेलियन नागरिक थियो फ्रिट्सेको पहलमा जुटेको सहयोगले स्वास्थ्य केन्द्र सञ्चालनका लागि भवन तयार गरिएको डा. पराजुलीले बताइन् । ‘सानो समस्या लिएर पनि धुलिखेल या अन्यत्र पुग्नुपर्ने स्थानीयको बाध्यता अन्त्य गर्न यो प्रयास थालिएको हो’, पराजुलीले भनिन्, ‘साप्ताहिक रुपमा भएपनि नियमित चिकित्सक मार्फत सेवा उपलव्ध गराउने अभियानमा छौं ।’

टाढा स्वास्थ्य केन्द्र भएका कारण समस्यामा रहेका स्थानीयलाई लक्षित गरी निर्माण गरिएको स्वास्थ्य केन्द्र दुई वर्षको प्रयत्नपछि सञ्चालनमा आएको केन्द्र व्यवस्थापन समितिका संयोजक पदम पराजुलीले बताए । उनले स्थानीय सरकारको जनतासँग अभियान सफल बनाउन पनि केन्द्रले सघाउ विश्वास व्यक्त गरे । सामुदायिक रुपमा स्थापित केन्द्र सञ्चालन र व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएको छ । यो सँगै चौतारा साँगाचोकगढी नगरपालिकामा एक अस्पतालसहित स्वास्थ्य संस्थाको संख्या १५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.