रोयल इनफिल्डमा यी महिलाको बहादुरी (भिडियोसहित)

रोयल इनफिल्डमा यी महिलाको बहादुरी (भिडियोसहित)

एजेन्सी: भारतको गणतन्त्र दिवस परेडका क्रममा महिलाहरु आफूहरु पुरुष भन्दा कुनै कुरामा कम नभएको सन्देश दिएका छन् । शुक्रबार दिल्लीमा भएको परेडको समयमा भारतीय सीमा सुरक्षा बलका महिला जवानहरुले रोयल इन्फिल्ड मोटरसाइकलमा चढेर जब निस्किए कार्यक्रमस्थलको माहोल नै अर्कै बन्यो ।

सीमा भवानीका यी महिला सिपाहीहरु रोयल इन्फिल्डमा सवार भएर निस्किँदा राजपथमा उपस्थित हजारौँ दर्शकले उठेर ताली बजाए । दर्शकदीर्घको भीआईपी कक्षमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोभिन्द पनि ताली बजाउँदै उठेर उनीहरुको हौसला बढाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि राष्ट्रपित कोभिन्दसहित १० देशबाट आएका भीआईपी पाहुनाले पनि उनीहरुको स्वागतमा ताली बजाए । सबै एकसाथ उभिएर यी महिला डेयरडेभिल्सको हौसला बढाउँदै कार्यक्रम हेरेका थिए ।

यी महिला सिपाहीँ सबैभन्दा भारी मानिने रोयल इनफिल्ड बुलेटमा स्टन्ट गर्दै राजपथमा ओर्लिँदा अन्य महिला पनि खुसीले रमाएका थिए । भारतको ७० वर्षको इतिहासमा पहिलो पटक सीमा सुरक्षा बलका महिला महिला स्टन्ट र एक्रोब्याटिक गर्दै राजपथमा उत्रेका हुन् ।

सीमा भवानीका यी महिलाहरुले मोटरसाइकलमा बसेर किसिम किसिमका पोज पनि दिए । उनीहरुले पुरुष साथीहरुलाई टक्कर दिने क्रममा कुनै कसर बाँकी छाडेनन् । एक्रोब्याटिकका क्रममा कहिले मयुरको पोजमा त कहिले योगको पोजमा उनीहरु देखिए । यो परेडको खास दृश्य भनेको एकै मोटरसाइकलमा १० जना महिला सिपाहीँ सवार भएर गरिएको स्टन्ट पनि थियो ।

राजपथमा यो पुरै स्टन्टको नेतृत्व जम्मु कश्मिर क्षेत्रको लद्दाखकी सब-इन्सपेक्टर स्टान्जिन नोरयाङ्गले गरेकी थिइन् । नोरयाङ्ग यसअघि कहिल्यै मोटरसाइकल चलाउँदिन थिइन् । भारतको गणतन्त्र दिवसमा पहिलो पटक महिला कन्टिजेन्ट २०१५ मा परेडमा सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.