माछा समात्न जाँदा अचानक आयो गोही, त्यसपछि के भयो ? (भिडियो)

माछा समात्न जाँदा अचानक आयो गोही, त्यसपछि के भयो ? (भिडियो)

नयाँ दिल्ली: अस्ट्रेलियामा रहँद आएका एक युवकसँग एउटा अनौठो घटना भएको छ । एकजना युवा माछा पक्रिन नदीमा गएका थिए । तर, त्यहाँ जे भयो त्यसले तपाईँलाई पनि तर्साउन सक्छ ।

युवक नदीमा माछा समात्ने कोशिमा जुटेका थिए । त्यही बेला त्यहाँ एउटा विशाल गोही आइपुग्यो । गोही तीब्र गतिमा आएपछि युवकले मुस्किलले भागेर ज्यान बचाए ।

गोहीले माछालाई पछ्याउँदै आफ्नो शिकार बनाइछाड्यो । अचानक भएको यो घटनाले ती युवा बेहोस जस्तै भए । यस घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस भिडियोमा एक युवक माछा समात्ने कोशिशमा लागेको देख्न सकिन्छ । माछा जब बल्छीमा पर्छ तब गोही ती युवालाई झम्टिँदै अघि बढ्छ । गोहीलाई देखेपछि युवकले तत्काल भागेकाले उनको ज्यान जोगिएको छ। युवकले बल्छीमा पारेको माछालाई भने गोहीले आफ्नो शिकार बनाइदियो ।

यस घटनाको भिडियो गत आइतवार फेसबुक पेज 'बोङ्कर्स एडभेन्चर' मा पोस्ट गरिएको थियो । भिडियोमा १३3 फुट लामो गोहीलाई माछा खान पानीमा कुदिरहेको देख्न सकिन्छ ।

गोही आफूतिर आएको देखेपछि ती युवा त्यहाँबाट दौडेर भाग्न पुग्छन् । यस भिडियोलाई अहिलेसम्म ७१,००० पटक हेरिसकिएको छ । यस घटनापछि ती युवकले एनटी न्यूजसँ कुरा गरेका छन् । 'म त्यो बेला नर्भस थिइन । म पानीबाट पाँच मिटर पर थिएँ तर मेरा खुट्टा भने पुरै काँपिरहेका थिए', उनले भनेका छन् ।

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.