नेपालमा वर्षेनी तीन हजार कुष्ठरोगी थपिदै

नेपालमा वर्षेनी तीन हजार कुष्ठरोगी थपिदै

ललितपुर : विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परिरहेका छन्।

यस वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता लागेका छन्। सन् २०१० (विसं २०५७ तिर) मा नेपाल सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नयाँ बिरामीको संख्या बढ्नु चुनौतीको विषय बनेको यस क्षेत्रमा कार्यरत व्यक्ति बताउँछन्।

महिला र बालबालिकामा यो रोग बढिरहेको आनन्द वन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताए। यस वर्ष मात्रै १४ वर्षमुनिका २२० नयाँ बिरामी फेला परेका छन्। उने भने, 'रोग लागेर पनि औषधि नखाने व्यक्तिको श्वासबाट यो रोग अर्कालाई सर्छ।' बिरामीले चाँडो औषधि सुरु गर्दा यो रोग अरुमा सर्ने सम्‍भावना कम हुन्छ।

प्रति १० हजार जनसंख्यामा एक प्रतिशतभन्दा कमलाई रोगको प्रभाव देखिएकाले सरकारले रोग निवारणको घोषणा गरेको थियो। सात वर्ष पहिले प्रति १० हजार जनामा ०.७९ रहेको स्वास्थ्य विभाग, कुष्ठरोग निवारण महाशाखाका रवीन्द्र बाँस्कोटाले बताए। यस वर्षको राष्ट्रिय तथ्याङ्क हेर्दा बिरामीको संख्या प्रति दश हजारमा ०.९७ छ।

प्रति १० हजारमा एक ननाघेकाले अझै गर्न सकिने भए पनि ढुक्क हुने अवस्था छैन। उनले भने, 'संख्या माथि उक्लिरहेकाले ढुक्क हुने अवस्था छैन।' तराईका बाँके, बर्दिया, नवलपरासीलगायत जिल्लामा कुष्ठरोग प्रभावितहरु बढी पाइएको छ। सबैभन्दा बढी बिरामीको चाप प्रदेश नम्बर २ मा छ। यस प्रदेशमा आव २०७३/७४ मा प्रति दश हजारमा १९.७७ बिरामी थिए।

द लेप्रासी मिसन नेपालका निर्देशक शोभाकर कँडेल कुष्ठरोग स्वास्थ्य मात्रै नभएर सामाजिक र आर्थिक समस्या भएको बताए। उनले भने, 'यो समस्या समाधानका लागि सबै पक्ष मिलेर लाग्न खाँचो छ।' नेपालमा कुष्ठरोगको समस्या कम नहुनु नेपालका लागि मात्रै नभएर विश्वका लागि समेत समस्या बनेको छ।

विश्व स्वास्थ्य संगठनले रोग लाग्ने, सर्ने र अंगभंग हुने व्यक्तिको संख्या ‘शून्य’ सहित कुष्ठरोगरहित विश्वको कल्पना गरेको संयोजक पोखरेलले बताए। संगठनले कुष्ठरोग लागेका कारण तिरस्कार गरिने कानून हटाउन भनेको छ। नेपालको मुलुकी ऐनको विवाहसम्बन्धी महलमा कुष्ठरोग लागेकामा विवाह गर्न/गराउन नहुने भनेर राखिएको छ। उनले भने , 'यसले गर्दा कुष्ठरोग प्रभावितलाई अन्याय भएको छ।'

माइक्रोब्याक्टेरियम लेप्रे नामक कीटाणुका कारण यो रोग लाग्छ। कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने यो रोग लाग्छ। विभिन्न अध्ययनले कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि एक प्रतिशतलाई मात्र रोग लाग्छ। बाँकी ९९ प्रतिशत व्यक्तिको शरीरमा भएको रोग निरोधक शक्तिले काम गर्ने अध्ययनमा देखिएको छ। कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ। कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति हुँदैन। उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गएर अंगभंगको अवस्था आउँछ।

कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार यो आवमा प्रतिलाखमा ११.२३ बिरामी थप भएका छन्। लेप्रोसी मिसन अस्पतालमा सन् २०१७९ (विसं २०७३ तिर) मा सात हजार ८०५ बिरामीले उपचार गराए। अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीको संख्या एक हजार ५४० थियो। अन्य संस्थाले ८३ बिरामीलाई विशेष उपचारका लागि आनन्द वन अस्पतालमा सिफारिस गरी पठाएका थिए। अस्पतालले कुष्ठ प्रभावित व्यक्तिको पुनःस्थापना र सन्तानको शिक्षामा समेत सहयोग पुर्‍याउँदै आएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.