कुष्ठरोग निवारण : बेहिसाब खर्च, उपलब्धि न्यून

कुष्ठरोग निवारण : बेहिसाब खर्च, उपलब्धि न्यून

काठमाडौं : कुष्ठरोग निवारणका लागि सरकारले वार्षिक करोडौं खर्च गरे पनि उपलब्धि भने सन्तोषजनक देखिएको छैन । सरकार एवं यस रोगसँग सम्बन्धित सरकारी-गैरसरकारी संघसंस्थाले बिरामी खोजी एवं सूचनामूलक कार्यक्रममा करोडौं खर्च गरिरहेका छन् ।

कुष्ठरोग महाशाखा प्रमुख मोहम्मद दाउद नयाँ बिरामी खोजेर उपचार गर्ने कामलाई तीव्रता दिन नसकेसम्म कुष्ठरोग निवारण हुन नसक्ने बताउँछन् । ‘कुष्ठरोगीको प्रत्यक्ष उपचार गर्ने र सचेतना अभियानलाई एकसाथ अघि बढाउनुपर्ने आवश्यकता छ’, उनले भने । बाँके र बर्दिया जिल्लामा गत वर्ष एक साताभर खोजी गर्दा ३ सय ७० जना कुष्ठरोगी फेला परेका थिए । नयाँ बिरामी खोजीका नाममा तराईकै जिल्लामा अत्यधिक रकम खर्च भइरहे पनि यो काम सुस्त छ । पहाडी जिल्लामा त बिरामी खोजी नै नभएको महाशाखा प्रमुख दाउद बताउँछन् ।

कुष्ठरोगको संक्रमण तराईका जिल्लामा बढी छ । अहिले २ हजार ६ सय १९ जना बिरामी उपचाररत भएको स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ । खोजीका क्रममा यस वर्ष तीन हजार दुई सय १५ फेला परेका छन् । महाशाखा प्रमुख दाउद कुष्ठरोगबाट प्रभावितलाई अन्य रोगबाट प्रभावितभन्दा हेलाँ र विभेद गर्ने बताउँछन् ।

सरकारी-गैरसरकारी विभिन्न संघसंस्थाले बिरामी खोजी एवं सूचनामूलक कार्यक्रममा वार्षिक करोडौं खर्च गरिरहेका छन् ।

उनी भन्छन्, ‘कुष्ठरोगीले हेलाँ हुने डरले रोग लुकाएर बस्ने प्रवृत्ति अझै छ ।’ कुष्ठरोग निवारणका लागि प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम बिरामी हुनुपर्छ तर तराईका १६ जिल्लामा एकभन्दा बढी बिरामी भएकाले निवारणमा चुनौती छ । सरकार र दातृ निकायको खर्च उपलब्धिमूलक हुन नसकेको कुष्ठरोग प्रभावित बताउँछन् । कुष्ठरोगको कारणबाट हालसम्म करिब ३३ हजार जना अपांग भएको अनुमान महाशाखाले गरेको छ ।

कुष्ठरोगबाट प्रभावित भएका सप्तरी, छिन्नमस्ताका वासुदेव यादवले सोही रोगबाट जुधेर निको भएकी चमेली सुनुवारसँग प्रेमविवाह गरे । अहिले दुई छोराका बाबु बनेका यादव भन्छन्, ‘कुष्ठरोग निको भए पनि गाउँघरमा अझै हेलाँहोचो गरिन्छ । छोरी दिन मान्दैनन् ।’

औषधि खाएर निको भएका यादवको जस्तो सुखद दाम्पत्य जीवन धेरैको छैन । आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोग सरुवा हो । छाला र नसामा असर गर्ने यस रोगको लक्षण सुरुमा बायाँ गालामा देखा परेको यादव बताउँछन् । यस रोगको उपचार स्वास्थ्य संस्थामा निःशुल्क छ । सरकारले यसको नियमित उपचार पूरा गरेपछि एक हजार र रोगबाट हुने जटिलताको उपचार गर्न अस्पताल भर्ना हुने प्रभावितलाई थप एक हजार यातायात खर्च पनि उपलब्ध गराउँछ ।

कुष्ठ प्रभावित समाजका अध्यक्ष दीपक तिवारी कुष्ठरोग निवारणका लागि सरोकारवालाबीच सहकार्य र समन्वय नभएको बताउँछन् । कुष्ठरोगको जनचेतना एवं कुष्ठरोगका प्रभावितको पुनःस्थापनाका लागि चार सयभन्दा बढी संघसंस्था रहे पनि उपलब्धि सन्तोषजनक नभएको उनको आरोप छ । उनी भन्छन्, ‘विदेशबाट सहयोग आउँछ । दातृ निकायले दिएको रकमको चरम दुरुपयोग भएको छ । अपांगता भएका हजारौं कुष्ठ प्रभावितको पुनःस्थापना हुन सकेको छैन ।’

विभागका उपमहानिर्देशक चूडामणि भण्डारी कुष्ठरोगी नखोज्ने हो भने अपांगता झन् बढ्ने सम्भावना रहेको उल्लेख गर्दै भन्छन्, पहाडी जिल्लामा कुष्ठरोगीको अवस्थाबारे सूक्ष्म रूपमा खोजी हुन सकेको छैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.