पिसाब पोल्छ ? यी हुन् घरेलु उपाय,छिटो राहत मिल्छ

पिसाब पोल्छ ? यी हुन् घरेलु उपाय,छिटो राहत मिल्छ

काठमाडौं : पिसाब पोल्ने समस्या प्रायजसो सबै उमेर समूहकालाई हुन्छ। यो समस्या कहिले दुई चार दिनमा ठिक हुन्छ भने कहिलेकाही लामो समयसम्म लम्बिन सक्छ। कतिपयले यो समस्यालाई साधारणरुपमा लिने गरेको पाइए पनि समस्य बल्झिदै गयो भने यसले विकरालको रुप लिनसक्छ। त्यसैले यदि पिसाब पोल्ने समस्या छ भने समयमै जाँच गर्नु वुद्धिमानी हुन्छ।

पिसाब पोल्ने कारण विभिन्न हुनसक्छन्। योनरोग, मुत्रनलीमा संक्रमण,मधुमेह,गर्भवती,अल्सर, कलेजोमा समस्या,कुपोषणलगायतका कारणले समेत पिसाब पोल्नसक्छ। यस्ताे अवस्थामा लापरवाही नगरीकन समयमै उपचार गर्नुपर्ने चिकित्सक सुझाउँछन् । सामान्यतय यस्ताे अवस्थामा घरेलु उपाय अपनाउँदा सन्चो हुन्छ। यदि घरेलु विधि अपनाउँदा पनि ठीक भएन भने सम्बन्धित चिकित्सककहाँ जाँच गराउनुपर्छ। पिसाब पोल्ने समस्याबाट बच्ने यी हुन् घरेलु उपाय :

प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ सेवन गर्नुपर्छ।

सरसफाइमा विशेष ध्यानदिनुपर्छ।

फोहोर शौचालयको प्रयोग नगर्ने।

दिशा पिसाब गरेपछि राम्ररी सफा गर्ने।

अमिला फलफूलको सेवन गर्ने। जस्तो सुन्तला, कागती,मौसम।

नरिवलको पानी प्रशस्त मात्रामा पिउने।

यौनांगको विशेष सरसफाइ गर्ने।

कटन वा सुतीका कपडाको प्रयोग गर्ने।

नियमित व्यायाम गर्ने।

 

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.