१० वर्षदेखि टेलिमेडिसिन सेवा बन्द

१० वर्षदेखि टेलिमेडिसिन सेवा बन्द

दुनै : जिल्ला अस्पताल डोल्पामा १० वर्षदेखि टेलिमेडिसिन सेवा बन्द छ। स्वास्थ्य विभागले २०६४ सालमा स्थापना गरेको टेलिमेडिसिन सेवा एक वर्ष पनि राम्रोसँग सञ्चालन नभई बन्द भएको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ। भिस्याटबाट द्रुत क्षमताको इन्टरनेट चलाएर भिडियोमार्फत उपचार गरिने टेलिमेडिसिन प्रविधि जडान गरे पनि डोल्पालीले त्यसको सदुपयोग गर्न नपाएको जिल्ला अस्पतालका प्रमुख डा. श्रीकान्त अग्रवालले बताए। ‘टेलिमेडिसिनका लागि मेसिन बिग्रिएको छ, फोटो खिचेर पठाउने र त्यसका आधारमा बिरामीको उपचार गर्ने गरेका छौँ’, उनले भने।

डोल्पाजस्तो दुर्गम जिल्लाका लागि टेलिमेडिसिनबाट गरिने उपचार प्रभावकारी हुन सक्छ। तर १० वर्ष बितिसक्दा पनि सेवा सञ्चालन नहुँदा दुर्गमका बिरामी मर्कामा परेको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए। एडीएसएल इन्टरनेट प्रयोग गरेर भए पनि उक्त सेवा थाल्नुपर्नेमा उनको जोड छ।

सी फोनको भिस्याटमार्फत सञ्चालित टेलिमेडिसिनका लागि द्रुत गतिको दुई केबीपीएस क्षमताको इन्टरनेट आवश्यक हुन्छ। यसबाट विशेषज्ञले भिडियोमार्फत बिरामीको समस्याको पहिचान गर्न सक्ने डा. अग्रवालले जानकारी दिए। अहिले अस्पतालले टेलिमेडिसिन सेवाअन्तर्गत बिरामीको फोटो खिचेर धुलिखेल अस्पतालका अर्थोपेडिक सर्जन डा. राजीप शर्मासँग परामर्श गर्ने गरेको उनले बताए।

यातायातको सहज पहुँच नभएको डोल्पाका जनताका लागि टेलिमेडिसिन सेवा अनिवार्य भएकाले सेवा निरन्तर गर्न जिल्ला अस्पतालले पहल गर्नुपर्ने नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष बबिकिशोर गुरुङले बताए। उनले भने, ‘दुर्गमम मात्र होइन, गरिबी र आर्थिक समस्या भोगिरहेका सर्वसाधारणका लागि यो सेवा छिटो सञ्चालन गरिनुपर्छ।’

१५ शड्ढयाको जिल्ला अस्पातल डोल्पामा उपचारका लागि आवश्यक अधिकांश उपकरण छैनन्।

सामान्यदेखि धेरै खाले बिरामीको उपचार अस्पतालका चिकित्सकले गर्ने गरे पनि अर्थोपेडिकका बिरामीका लागि टेलिमेडिसिन सेवा अत्यावश्यक हुने अस्पतालका कर्मचारीहरू बताउँछन्। तर यहाँ नहुँदा समस्या थपिएको उनीहरूको भनाइ छ। टेलिमेडिसिन सेवा भएमा अन्य बिरामीका लागि पनि सहज हुने उनीहरू बताउँछन्। बन्द अवस्थामा रहेको सी फोनको भिस्याटमार्फत पहल गरे पनि महँगो पर्ने भएकाले मर्मत नभएको जिल्ला अस्पातल स्रोतले जानकारी दिएको छ।

१५ शड्ढयाको जिल्ला अस्पातल डोल्पामा उपचारका लागि आवश्यक अधिकांश उपकरण छैनन्। एक्सरे मेसिन र गर्भवतीका लागि जाँच गर्ने भिडियो एक्सरे मात्र छन्। शल्यक्रियासहितको सेवा दिने प्रतिबद्धता व्यक्त गरे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसप्रति चासो नदिएको स्थानीयको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.