पृथ्वी नजिक आउँदैछ सुपर ब्लु मुन, १४ प्रतिशत धेरै चम्किलो

पृथ्वी नजिक आउँदैछ सुपर ब्लु मुन, १४ प्रतिशत धेरै चम्किलो

एजेन्सी: सन् २०१८ मा सुपर ब्लु मुन (निलो चन्द्रमा) देख्न पाइने भएको छ । ३१ जनवरीमा सन् २०१८ को पहिलो चन्द्रग्रहण पनि लाग्दैछ । यसभन्दा पहिले सन् २०१७ डिसेम्बर ३ मा निलो चन्द्रमा देखिएको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यस महिनाको अन्तिम अर्थात जनवरी ३१ मा एक पटक फेरि निलो चन्द्रमा अर्थात 'सुपर ब्लू मुन' देख्न पाइने भएको हो ।

सुपरमून एक आकाशीय घटना हो जसअनुसार चन्द्रमा आफ्नो कक्षमा धरतीदेखि सबैभन्दा नजिक आइपुग्छ । यो घटनामा चन्द्रमालाई स्पष्टरुपमा देख्न सकिनेछ ।

३१ जनवरी अर्थात पूर्णिमाको दिन तीन कुराले महत्वपूर्ण छ । पहिलो यो सुपरमुनको एक श्रृंखलामा तेस्रो अवसर हो जब चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको दुरीमा आउँछ ।

दोस्रो भनेको यो घटनाका क्रममा चन्द्रमा सामान्य अवस्थामा भन्दा १४ प्रतिशत चम्किलो देखिनेछ । तेस्रो भनेको एकै महिनामा दुई पटक पूर्णिमा पर्नेछ । यस्तो घटना साधारणतया अढाई वर्षमा एक पटक आउँछ ।

सुपर ब्लू मुन पृथ्वीको छायाबाट गुज्रिएपछि पूर्ण चन्द्र ग्रहण देखिनेछ । नासाका कार्यक्रम प्रमुख व लुनर ब्लागर गोर्डनले नासाको तर्फबाट विज्ञप्ती निकाल्दै भनेका छन्, 'चन्द्रमा जब पृथ्वीको छायामा रहनेछ तब यसको सतह रातो हुनेछ जसलाई रक्तिम चन्द्रमा अर्थात रातो चन्द्रमा पनि भनिन्छ ।

पूर्णचन्द्रमा पुरै उत्तरी अमेरिका, प्रशान्त क्षेत्रदेखि लिएर पूर्वी एसियामा यस दिन देखिनेछ । अमेरिका, अलास्का, हवाई द्वीपका मानिसले ३१ जनवरीमा सूर्योदय भन्दा अघि यो चन्द्रमा देख्न सक्नेछन् । मध्य पूर्वका देश समेत एसिया, रूसको पूर्वी भाग, अस्ट्रेलिया र न्यूजील्यान्डमा सुपर ब्लु ब्लडमुन ३१ जनवरीको बिहान चन्द्रोदयका क्रममा देख्न पाउनेछन् ।

डिसेम्बरमा देखिने पूर्णमासीको चन्द्रमालाई कोल्ड मुन पनि भनिन्छ । सन् २०१७ मा यो पहिलो सुपरमुन थियो जसलाई मानिसले हेर्न पाएका थिए । त्यो बेला चन्द्रमाको आकार सामान्य भन्दा सात प्रतिशत ठुलो देखिएको थियो । यो चन्द्रमा सामान्य भन्दा १५ प्रतिशत चम्किलो पनि थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.