उप-क्षेत्रीय अस्पताल : १९ जनाको दरबन्दी,कार्यरत तीनजना मात्रै

उप-क्षेत्रीय अस्पताल : १९ जनाको दरबन्दी,कार्यरत तीनजना मात्रै

डडेल्धुरा : उप-क्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि हालसम्म जम्मा तीनजना मात्रै चिकित्सक ले सेवा दिइरहेका छन्। स्थापना भएको तीनवर्ष वितिसक्दा पनि दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन्।

। आफ्नै जिल्लामा अस्पताल हुँदा खुशी भएका स्थानीयले अहिले चिकित्सक नहुँदा सास्ती व्यहोर्नु परेको छ। अस्पतालमा भएका चिकित्सक पनि लामो समय बिदा बस्ने भएकाले उपचारमा झनै समस्या भएको छ। चिकित्सक अभावमा डडेल्धुरासहित सात नम्बर प्रदेशका अन्य ६ जिल्लाका बिरामी उपचारका लागि धनगडी अचंल अस्पताल तथा नेपालगञ्जसहित भारत जान वाध्य भएका छन्।

अस्पतालमा हाड जोर्नी, स्त्रीरोगसहित एकजना एम्डीजिपि डाक्टर रहेका छन्। दरबन्दी अनुसारको चिकित्सकका लागि नेपाल सरकारसँग पटकपटक आग्रह गरेपनि विशेषज्ञ डाक्टर नपठाउँदा उपचारमा समस्यामा भएको उप क्षेत्रीय अस्पताल डडेल्धुराका नि.मेसु जितेन्द्र कडेलले बताए।

बालरोग विशेषज्ञ चिकित्सक नहुँदा एक वर्ष पहिले स्थापना भएको एनआईसियु सेवा समेत संचालनमा आउन सकेको छैन। एनआइसियु सेवा संचालन नहुँदा यस क्षेत्रमा जन्मेदेखि २८ दिन सम्मका बिरामी शिशुको उपचारका लागि नेपालगञ्ज वा धनगढी जानुपर्ने वाध्यता रहेको छ।

हाडजोर्नी विशेषज्ञ डाक्टर भएपनि उपकरणको अभावमा उपचारका लागि अन्यत्र जानुपर्ने वाध्यता रहेको स्थानीय बताउँछन्। उपक्षेत्रीय अस्पताल स्थापना भएको तीनवर्ष वितिसक्दा पनि चिकित्सक अभावमा बिरामी मार्कामा परेको स्थानीय समाज सेवी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.