कतै तपाईंलाई कुष्ठरोग लागेको त छैन? यसरी थाहा पाउनुहाेस्

कतै तपाईंलाई कुष्ठरोग लागेको त छैन? यसरी  थाहा पाउनुहाेस्

काठमाडौं : कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो। संक्रमण हुँदा सुरु सुरुमा कुनै लक्षण देखा नपरे लामो समयपछि यसका लक्षण देखा पर्छन्। सरुवा भए पनि नियमित औषधि खाएमा सर्दैन र निको पनि हुन्छ ।

कुष्ठरोग जुनैसुकै उमेरसमूहका व्यक्तिलाई लाग्न सक्छ । यसले खासगरी छाला र स्नायुमा असर गर्छ । लामो समयदेखि उपचार नपाएका रोगीको श्वासप्रश्वासबाट याे राेग सर्नसक्छ। समयमै उपचार पाए यो रोगबाट बच्न सकिन्छ। कुष्ठरोगको औषधि निशुल्क पाइन्छ। ६ महिनादेखि एक वर्षसम्म नियमित औषधि सेवन गरे पूर्ण निको हुन्छ।

 यी हुन् कुष्ठरोगका लक्षण

शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखापर्छ ।

विस्तारै दागबाट रौं झरेर जान्छ ।

पसिना आउँदैन ।

दाग वा गिर्खा भएको ठाउँमा चिलाउँछ।

हातखुट्टा लगातार झमझमाउँछ ।

आँखीभौ झरेर जान्छ ।

हातखुट्टाका औंला कमजोर भइ लाटो हुनजान्छ ।

औंलाहरु लाटोभइ खुम्चिदै गएपछि अंगभंग हुन्छ ।

अनुहारको छाला बाक्लो हुने वा गिर्खा देखिन्छ।

कसरी राेग पत्ता लाग्छ ?

संक्रमित छालाको तन्तुलाई परीक्षण गर्दा याे  राेग पत्ता लाग्छ।

उपचार के 
चिकित्सकको सुझावअनुसार नियमित औषधि सेवन गर्नुपर्छ ।

पौष्टिक खाना खाने ।

सरसफाइमा विशेष ध्यान दिने ।

नेपालभरका स्वास्थ्यसंस्थामा निःशुल्क औषधि पाइन्छ।

कहाँ पाइन्छ अाैषधि
कुष्ठरोगको अाैषिध निशुल्क पाइन्छ। नेपालका सबै अस्पताल,प्राथमिक स्वास्थ्य संस्था र स्वास्थ्यचाैकीमा निशुल्क पाइन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.