१४ अवैध डाक्टर ७ दिने थुनामा

१४ अवैध डाक्टर ७ दिने थुनामा

 

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिकित्सासम्बन्धी योग्यताबिनै बिरामी उपचार गरी ठगेको आरोपमा पक्राउविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा अनुसन्धान गर्न ७ दिनको म्याद लिएको छ। सीआईबीले नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चसँग सोमबार गरेको संयुक्त अनुगमनमा १४ जना विदेशी चिकित्सकसहित विभिन्न निजी अस्पतालका ३ नेपाली सञ्चालक पक्राउ परेका थिए। पक्राउमध्ये १३ चिनियाँ, १ जना अस्ट्रेलियाली र सञ्चालक ३ जना छन्।

सीआईबीले ५ अस्पताल क्रमशः ठमेलस्थित एपोलो इन्टरनेसनल पोलिक्लिनिक, लैनचौरस्थित सिवेक हस्पिटल, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र चाइनिज डेन्टल हस्पिटलमा कार्यरत अवैध चिकित्सकलाई पक्राउ गरेको थियो।

सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीका अनुसार एपोलो इन्टरनेसनलकी सञ्चालक नवलपरासी कावासोतीकी मीनाकुमारी श्रेष्ठसहित चिनियाँ अवैध चिकित्सक ह्वाङ सावेन, जेङ सुभा, प्यान मेई सङ, लुओ लिमिङ, चाई सुतिआन, जिआङ होङवी, लि लिहोङ, लिउ जिक्विनलाई पक्राउ गरेको थियो। सीआईबीले सिवेककी सञ्चालक महाबौद्धकी प्रतिभा पाण्डे र अस्ट्रेलियाली अवैध चिकित्सक सराह आने केम्प, चाइना ग्रेटवालका सञ्चालक पाल्पा खानीछापका नारायण तिमल्सिनासहित त्यहाँ कार्यरत २ चिनियाँ अवैध चिकित्सक लङ युआन्छाओ र लङ जिओयङलाई पनि पक्राउ गरेको थियो।

आरोपितहरूमाथि अस्पताल सञ्चालकसँग मिलेर अवैध रूपमा उपचार गरेको, चिकित्साशास्त्रसम्बन्धी कुनै अध्ययन नगरेका र मेडिकल काउन्सिलबाट अनुमति नलिई झुक्याएर करौडों रुपैयाँ ठगेको आरोप छ।

सीआईबीका अनुसार चाइना पिपुल्समा कार्यरत २ चिनियाँ अवैध चिकित्सक जोउ जिए, वाङ छिनलोउ र चाइनिज डेन्टलका चिनियाँ अवैध चिकित्सक ली योङमेईलाई समेत नियन्त्रणमा लिइएको थियो। चिनियाँ चिकित्सकहरू भिजिट भिसामा नेपाल आएका र अवैध रूपमा काम गरिरहेको अनुसन्धानबाट खुलेको छ।

सीआइबीका अनुसार पक्राउ आरोपितहरूमाथि स्वास्थ्य संस्थाहरूका सञ्चालकसँग मिलेमतोमा अवैध रूपमा उपचार गरेको, चिकित्साशास्त्रसम्बन्धी कुनै अध्ययन नगरेका तथा उपचार गर्न मेडिकल काउन्सिलबाट अनुमति नलिएका र रोग निको पार्ने भन्दै सर्वसाधारण झुक्याइ करौडों रुपैयाँ ठगेको आरोप छ। मेडिकल काउन्सिलबाट लाइसेन्स परीक्षा उत्तीर्ण नगरी बिरामीको उपचार गरेको आरोपसमेत अवैध चिकित्सकहरूमाथि छ। काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नगरी बिरामीको उपचार गर्नु गैरकानुनी हो।

डीआईजी कार्की भन्छन्, ‘देशको कानुन उल्लंघन गरी धमाधम विदेशी डाक्टर ल्याएर नेपालीको स्वास्थ्यमा खेलबाड गर्न पाइँदैन। विदेशीले कुनै अनुमति नै नलिइ चिकित्सकीय सेवा दिन पाइँदैन।’ पक्राउमध्ये सिवेककी सञ्चालक पाण्डे काठमाडौंस्थित ब्रिटिस स्कुलको सञ्चालक समिति सदस्य समेत हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.