कडा खालको रोगीको संख्या बढ्दै

कडा खालको रोगीको संख्या बढ्दै

भद्रपुर : झापामा गएको तीन आर्थिक वर्षको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०/७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१/७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रोगी २३३ जनाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिश लिएको तथ्यांक शाखाका कर्मचारी तोया दाहालले जानकारी दिए।

उनका अनुसार यस्तै कडा खालका रोग लागेका आव २०७२/७३ मा मुटु रोगी १४३ जना, मिर्गौला रोगी ७२ जना र अर्बुद रोगी २५५ जना देखिएकामा आव २०७३÷७४ मा मुटु रोगी २१३ जना, मिर्गौला रोगी १५७ जना, अर्बुद रोगी ३५९ जना दिमागी रोग भएको एकजना र पार्किङसन रोगी एकजनासहितले कार्यालयबाट रोगी भएको सिफारिस लिएको बताइएको छ।

तुलनात्मकरुपमा हेर्दा अर्बुद रोगी क्रमशः १८३, २३३, २५५ र गएको आवमा ३५९ जना भई यो रोगीको संख्या बढ्दै गएको छ भने मिर्गौला र मुटु रोगी पनि क्रमशः बढ्दै गएकाले यो अवस्था झापाका लागि भयावह रहेको हो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.