अनलाइनमा आईफोन अर्डर गर्दा आइपुग्यो साबुनको डल्लो

अनलाइनमा आईफोन अर्डर गर्दा आइपुग्यो साबुनको डल्लो

एजेन्सी: अनलाइन ठगीबारे विश्वभरबाट दैनिक जसो नयाँ नयाँ खबर आइरहन्छन् । यस्तै एउटा समाचार भारतबाट सार्वजनिक भएको छ । अनलाइनबाट आईफोन अर्डर गर्दा कसैको घरमा साबुन आइपुग्यो भने कसैकहाँ डिटर्जेन्ट बार ।

यो पटक यस्तै एयटा घटना भएको छ । एक व्यक्तिले अनलाइनबाट आईफोन किन्दा ५५ हजार भारतीय रुपैयाँ गुमाउनुपरेको छ । ती व्यक्तिलाई नाम चलेको भारतीय अनलाइन बजार फ्लिपकार्टले उनलाई यति ठुलो धोका दिन्छ भन्ने विश्वास पनि थिए ।

मुम्बईका २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले एक प्रमुख अनलाइन विक्रेता कम्पनी फ्लिपकार्टले आईफोन-८ को स्थानमा एक डिटर्जेन्ट बार पठाइदिएको आरोप लगाएका छन् । आईफोन अर्डर गर्दा डिटर्जेन्ट बार पठाइदिएपछि अहिले फ्लिप कार्टको आलोचना सुरु भएको छ भने ती युवाले रकम पनि फिर्ता मागेका छन् ।

यस घटनापछि उनी मध्य मुम्बईको बायकुला पुलिस स्टेशनमा गएर फ्लिपकार्टविरुद्ध ठगीको मुद्दा दर्ता गराएका छन् । उजुरी गर्ने तबरेज मेहबुब नगरालीले फ्लिप कार्टको सपिङ पोर्टलमा आईफोन-८ अर्डर गर्दा ५५ हजार भारतीय रुपैयाँ तिरेका थिए । तर २२ जनवरीमा नयाँ मुम्बई नजिकै पनवेलमा रहेको उनको घरमा एउटा प्याकेट आइपुग्यो, जसमा थियो आईफोनको साटो डिटर्जेन्ट बार ।

बायकुला पुलिस स्टेशनका वरिष्ठ पुलिस निरीक्षक अविनाश सिंगटेले भने, 'नगरालीले उजुरी गरेका छन् । फ्लिपकार्टविरुद्ध ठगीको मामिला दर्ता भएकाले कारबाही अघि बढाएका छौँ । । फ्लिपकार्टका एक प्रवक्ताले भने कम्पनीले यस घटनाको जाँच गरिरहेको जानकारी दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.