जहाँ बजार निस्केका छोरी यसरी चोरिन्छन्

जहाँ बजार निस्केका छोरी यसरी चोरिन्छन्

भियतनाम: जुन दिन बच्चा गर्भमा आउँछ, त्यही दिनदेखि आमा-बाबुको आँखामा सपना पनि हुर्किन थाल्छ । सोच्नुस् यदि कसैले त्यो सपनालाई चोरेर लगिदियो भने ? उत्तरी भियतनामको ग्रामीण इलाकामा यस्ता कयौँ परिवार छन्, जसको आँखाको सपना उनका छोरीहरुसँगै चोरिन्छन् ।

भियतनामका दुरदराजका गाउँमा धमाधम युवतीहरु गायब भइरहेका छन् । गायब भएकाहरुमा केही १३ वर्षका बालिकाहरु समेत छन् । चोरिएका युवतीलाई अपहरण गरेर चीनमा लगेर बेच्ने गरिएको छ । जहाँ उनीहरुको जबरजस्ती चिनियाँसँग बिहे गरिन्छ ।

बालबालिकाको अधिकारको लागि काम गर्ने संस्था प्लान इन्टरनेशनलका अनुसार युवतीलाई अपहरण गरेर उनको जबरजस्ती बिहे गरिदिएका घटना दिनदिनै बढिरहेका छन् । तर १० वर्षयता भने यसको दर ह्वात्तै बढेर गएको छ ।

लिङ्गानुपातको समस्या

चीनले 'एक बच्चा' को नीतिका कारण त्यहाँका धेरै अभिभावकहरुले छोराको मात्रै चहाना गर्ने गरेका छन् । यसका कारण चिनियाँ समाजमा लिङ्गानुपात चिन्ताजनक अवस्थामा पुगेको छ ।

फोटोग्राफर भिन्सेट ट्रिमेले प्लान इन्टरनेशनलका कर्सटी क्यामरनसँग मिलेर यस्तै केही परिवारसँग भेटघाट गरे जसका छोरी कुनै कामले बजार गएर अहिलेसम्म फर्किएका छैनन् ।

५६ वर्षीय डो धेरै कम्जोर भइसकेकी छन् । अब उनको एउटै इच्छा छ । उनी आफू मर्नु भन्दा पहिले छोरीलाई एक झल्को हेर्न चाहन्छिन् । दुई वर्षअघि बेपत्ता भएकी उनकी छोरी मी को अहिलेसम्म कुनै अत्तोपत्तो छैन।

एक्लै निस्कँदा डराउँछन्

जुन दिन काम परेर बजार निस्केकी उनकी छोरीको अपहरण भयो, त्यो बेला दोकानबाट सामान किनेर घर फिर्ने क्रममा दुईजना युवा पछि लागेका थिए । त्यसपछि मी उत्तरी भियतनामको गियाङ्गमा रहेको समाचार आएको थियो । जब आमा खोज्दै त्यहाँ पुगिन्, छोरीलाई अन्तै लगिसकिएको थियो ।

त्यहाँका मानिसले उनकी छोरीलाई चीन लगिएको खबर मात्रै दिन सके । गाउँलेले मी लाई चीनमा लगेर बेचिएको बताइएदिएका थिए । त्यसपछि डो ले आफ्नी छोरीको कुनै खबर सुन्न पाएकी छैनन् ।

मीको पैतृक घरको भित्तामा आज पनि छोरीको तस्बिर झुन्डिएको छ । मी एक्लै होइनन् जसको अपहरण भएको छ । यस क्षेत्रबाट अन्य तीन युवतीलाई पनि अपहरण गरी चीन पुर्‍याइएको छ ।

यी घटनामा मी की भाउजू यति धैरै डराएकी छन् कि उनी गाउँका कुनै पनि महिलालाई एक्लै बाहिर जान नै दिन्नन् । उनी आफैँ पनि पतिको साथमा मात्रै घर बाहिर जान्छिन् ।

'भनिनसक्नु पीडा'

उनको मनमा आफ्नी छोरीको चिन्ताले पहिरो गइरहेको छ। हरेक दिन उनलाई एउटै चिन्ताले पिरोल्छ, यी घटना रोकिएनन् भने आफ्नी छोरी पनि टाढा नपुगोस् ।

मनोचिकित्सक पोलिन बोस यसलाई एउटा 'भन्न नसकिने पीडा' मान्छन् । जनु पीडा कुनै पनि हिसाबमा कम हुनै सक्दैन । यो पीडाले कयौँ चोट, तनाव, भ्रम, क्रोध, दु:ख, चिन्ता, पछुतो र चोरिएकी छोरी आउने आशामा मन भरिएको छ ।

पीडित परिवारका लागि जीवन अब एउटा कहिले नसुल्झिने खोज बनेर रहेको छ । यी परिवार न त खुलेर रुन सक्छन् न त उनीहरु हराएका आफ्ना सन्तान अब कहिल्यै फर्किन सक्दैनन् भन्ने निचोडमा नै पुग्न सक्छन् ।

यसरी बुनिन्छ जाल

युवती र बालिकाहरुको अपहरण गर्नेहरुले कयौँ महिना पहिलेदेखि जाल बुन्न सुरु गर्छन् । उनीहरु गाउँका युवतीसँग मित्रता बढाउँछन् अनि मायामा फसाएर गाउँबाट उठाउँछन् ।

जब युवती उनीहरुमाथि विश्वा गर्न थाल्छिन् तब उनलाई चीनमा लगेर आकर्षक जागिर दिने लोभलालचमा पार्छन् । यी युवतीहरुलाई उनले देखेको गाउँको दुनियाँ भन्दा धेरै उत्कृष्ट जीनव जिउने सहरमा लगिने आश्वासन दिइन्छ ।

यहाँका गरिब परिवारका युवतीहरु पनि आफू चीनमा गएर जागिर खाएपछि परिवारलाई आर्थिक सहयोग गर्ने सपना पाल्न थाल्छन् । जब युवतीहरु गाउँ छाडेर देशको सिमाना पार गर्छन् तब उनीहरुले आफू क्रुरहरुको जालमा परेको थाहा पाउँछन् ।

दिन्हको कथा

१८ वर्षीया दिन्हको कथा पनि रौँ खडा गर्ने खालको छ । १५ वर्षको उमेरमा कसैले उनीसँग साथी बन्ने प्रस्ताव गरे । त्यसपछि उनलाई चीन लगियो । त्यहाँ लगेर उनलाई कोठामा कैद गरियो ।

त्यसपछि ग्राहकलाई देखाउनका लागि उनका केही तस्बिर खिचियो । उनीसँगै गाउँकै अर्की साथी पनि त्यहाँ लगिएको थियो । दिन्ह त आठ महिनापछि त्यहाँबाट भागेर फर्कन सफल भइन् तर उनकी साथी आजसम्म पनि बेपत्ता छिन् ।

सरकारी तथ्यांकलाई मान्ने हो भने जनवरी २१०७ देखि मार्च २०१७ सम्म अपहरणका करिब ३०० मामिला सार्वजनिक भएका छन् । जबकि चाइल्ड हेल्पलाइनले भने अघिल्ला तीन वर्षमा आफूसँग युवती बेचिएका करिब ८ हजार फोनकल आएको दाबी गरेको छ ।

प्लान इन्टरनेशनलले हा गियाङ्गका स्कुल अन्य गाउँमा पनि पुगेर जागरुकता ल्याउने कोशिशमा जुटेको छ। यो अभियानले युवतीमा जागरुकता आउने उसको विश्वास छ । यसले सरकारमाथि पनि दबाब बढाउने काम गरेको छ । यो अभियानबाट युवतीलाई खोजेर घर फर्काउन सरकारमाथि निरन्तर दबाब पनि बढिरहेको छ । यो अभियान बेपत्ता युवतीका परिवारलाई न्याय दिन पनि सहयोगी बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.