स्यानिटरी प्याडसहितको तस्बिर किन सेयर गर्दैछन् ?

स्यानिटरी प्याडसहितको तस्बिर किन सेयर गर्दैछन् ?

एजेन्सी: महिलाको पिरियड अर्थात महिनावारीका क्रममा हुने गरेको हैरानीमा आधारित बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'प्याडम्यान' ९ फेब्रुअरीमा रिलिज हुँदैछ ।

तर त्यसभन्दा पहिले कलाकारहरुले तीब्रगतिमा यो फिल्मको प्रचार थालेका छन् । सामाजिक सञ्जालमा कयौँ ठुला कलाकारदेखि सर्वसाधरणसम्म स्यानिटरी प्याडसहितको आफ्नो तस्बिर सेयर गरिरहेका छन् ।

समाचार अनुसार सामाजिक सञ्जालमा एकले अर्कोलाई #PadManChallenge दिइरहेका छन् । उनीहरुले अन्य तीन मानिसलाई पनि यो चुनौती पुरा गर्न आग्रह गरिरहेका छन् ।

यसमा फिल्मकी निर्माता ट्विङ्कल खन्ना, अक्षय कुमार, राधिका आप्टेदेखि लिएर आमिर खानसम्म सहभागी छन् । यो अभियान मानिसलाई पिरियडबारेमा जागरूक गराउन थालिएको हो ।

अक्षय कुमार पत्नी र यो फिल्मकी निर्माता ट्विंकल खन्नाले ट्विटरमा आफ्नो फोटोसहित लेखेकी छन्, '#मुरुगाओअफिसियल मलाई ट्याग गरेकोमा धन्यावद । मेरो हातमा पनि स्यानिटरी प्याड छ र यसबाट लाज मान्नुपर्ने कुनै कुरा छैन । पिरियड हुनु एउटा सामान्य प्रक्रिया हो ।'

उनले अगाडि लेखेकी छन्, 'म आमिर खान, सबाना आजमी र हर्ष गोयङ्कालाई यो चुनौती लिनका लागि आग्रह गर्छु ।'

ट्विंकलको चुनौती स्वीकार्दै आमिर खानले उनलाई धन्यवाद दिएका छन् । उनले त्यसपछि अमिताभ बच्चन, शाहरुख खान र सलमान खानलाई यो चुनौती स्वीकार भनेका छन् ।

आरपीजी इन्टरप्राइजेजका प्रमुख हर्श गोयङ्काल पनि ट्विंकल खन्नाको चुनौती स्वीकार्दै धन्यवाद दिएका छन् । उनले अन्य तीनजनालाई यो चुनौती स्वकार्न भन्दै ट्याग गरेका छन् ।

अभियानको सुरुवात

यो अभियान 'प्याडम्यान' फिल्मको प्रचारका लागि थालिएको हो । फिल्म अरूणाचलम मुरुगनाथमको जीवनमा आधारित छ । यसमा मानिलाई महिलाहरुमा माहवारी र स्यानिटरी प्याडको प्रयोगका लागि जागरुक गर्ने कोशिश गरिएको छ ।

त्यसो त यो अभियानलाई सालौँ पहिले मुरुगनाथमले थालेका थिए । उनले नै आफ्नो ट्विटर एकाउन्टमा प्याडम्यान च्यालेन्ज सुरु गरेका थिए । सबैभन्दा पहिले यो चुनौती अक्षय कुमार, ट्विङ्कल खन्ना, सोनम कपुर र राधिका आप्टेलाई दिएका थिए ।

यो अभियान अघि बढ्ने क्रममा अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङ भइसकेको छ । मानिसहरु हातमा स्यानिटरी प्याड लिएर धमाधम आफ्नो तस्बिर पोस्ट गरिरहेका छन् ।

अरुणाचलम मुरुगनाथम तमिलनाडुका एक व्यवसायी हुन् । उनले ग्रामीण महिलामा जागरूकता ल्याउन सस्तो स्यानिटरी प्याड बनाएर प्रयोगका लागि प्रोत्साहित गरेका थिए ।

यो अभियान अमेरिकासम्म पुगेको छ । जहाँ यसको समर्थनमा मानिसहरुले सामाजिक सञ्जालको एकाउन्टमा प्याडसहित फोटो हालिरहेका छन् ।

 

के भन्छ तथ्याङ्क ?

हालै मात्र जारी गरिएको भारतको नेशनल फ्यामिली हेल्थ सर्भे-४ को रिपोर्ट अनुसार १५ देखि २४ वर्षको उमेरका युवतीमा ४२ प्रतिशत महिला मात्रै स्यानिटरी प्याडको प्रयोग गर्छन् ।

पिरियडका क्रममा भारतका ६२ प्रतिशत महिलाले कपडा नै प्रयोग गर्दैनन् । करिब १६ प्रतिशत महिला गाउँमा बनाइएका स्यानिटरी प्याडको प्रयोग गर्छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.