भृकुटीमण्डपमा अत्याधुनिक ब्लड बैंक

भृकुटीमण्डपमा अत्याधुनिक ब्लड बैंक

भक्तपुर : नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले काठमाडौंको भृकुटीभण्डपमा अत्याधुनिक ब्लड बैंक निर्माण गरिने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको १८ औं साधारणसभा तथा बहुउद्देश्यीय भवन शनिबार उद्घाटन गर्दै थापाले भृकुटीभण्डपस्थित रक्तसञ्चार केन्द्रमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अत्याधुनिक ब्लड बैंक निर्माण गरिने जानकारी दिएका हुन् ।

रेडक्रसले विपद्को क्रममा खोज तथा उद्धार, राहत र पुनर्लाभसँगै ९० प्रकृतिका सेवा देशभर प्रवाह गरिहेको उनको भनाइ थियो । ‘रेडक्रसले विपद्को क्रममा खोज तथा उद्धार, राहत र पुनर्लाभ वितरणसँगै ९० प्रकृतिका सेवा देशभर प्रवाह गर्दै आएको छ’, अध्यक्ष थापाले भने, ‘रेडक्रस आफ्नो दायित्व र जिम्मेवारीबाट कहिल्यै विचलित हुनेछैन । नेपाल रेडक्रस देशभरका एक हजार पाँच सय उपशाखाको साथमा खरो उत्रँदै आएको छ ।’
उनले रेडक्रसले सात हजार भूकम्प पीडितहरुको निजी घर निर्माण गरिरहेको समेत बताए ।

‘भूकम्पले भत्काएका सयौं स्वास्थ्य चौकी र विद्यालयसमेत निर्माण गरिरहेका छौं’, अध्यक्ष थापाले भने, ‘भक्तपुरमै चिनियाँ रेडक्रसको सहयोगमा देशकै ठूलो राहत सामग्रीको गोदामघर निर्माण गर्दैछौं ।’ उनले देशका प्रमुख रणनीतिक क्षेत्रहरुमध्ये पूर्वको इटहरी र मध्य पश्चिमको साँफेबगरमा पनि गैरखाद्य राहत सामग्रीको गोदामघर निर्माण गर्ने प्रक्रिया अघि बढिरहेको सुनाए ।

उक्त अवसरमा अध्यक्ष थापाले एक करोड पाँच लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको बालकोट उपशाखाको बहुउद्देश्यीय भवनको उद्घाटसमेत गरेका थिए । त्यस्तै उपशाखाद्वारा प्रकाशित स्मारिका विमोचन गर्दै अध्यक्ष थापाले बहुउद्देश्यीय भवन निर्माण गर्न २५ हजारभन्दा बढी सहयोग गर्ने दाताहरुलाई प्रशंसापत्र वितरण गरेका थिए ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले उपशाखाहरुको संस्थागत विकासको लागि जिल्ला शाखाले आफ्नै भवन बनाउने उपशाखालाई दुई लाख र एम्बुलेन्स सञ्चालन गर्ने उपशाखालाई एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा रेडक्रसका यशस्कर सदस्य राजु खड्काले बालकोट उपशाखाले निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए आफ्ना दिवंगत पिता डम्बरबहादुर खड्का स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स हस्तान्तरण गर्न तयार रहेको घोषणा गरेका थिए ।

२०६५ साल चैत २१ गते जग शिलान्यास गरिएको उक्त बहुउद्देश्यीय भवन दुई वर्षअघि नै निर्माण सम्पन्न भएको बालकोट उपशाखाका सभापति चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । धेरैजसो सामुदायिक भवनहरु शिलान्यास भए पनि निर्माण सम्पन्न हुँदैनन् तर बालकोट रेडक्रसको भवन निर्माण पूरा गर्ने लक्ष्यभन्दा अघि नै पूरा भएको उपशाखाका संस्थापक सभापति उद्धव सिलवालले बताए ।

पाँचतले उक्त भवनका तीन तला भाडामा दिइएको छ । जसबाट वार्षिक करिब पाँच लाख ७८ हजार रुपैयाँ आम्दानी हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.