अति गरिवीलाई निःशुल्क स्वास्थ्यबीमा

अति गरिवीलाई निःशुल्क स्वास्थ्यबीमा

प्यूठान : जिल्लाका अति गरिबीभित्र पर्ने समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। नेपाल सरकारबाट अति गरिवीको परिचयपत्र लिएका नागरिकको स्वास्थ्यबीमा निःशुल्क गरिने स्वास्थ्यबीमा बोर्डले जनाएको छ। गरिब परिवारलाई ७५ र सिमान्तकृत वर्गलाई ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको बोर्डका प्रशिक्षक श्रीकृष्ण प्रजापतीले जानकारी गराए।

२६ औँ जिल्लाको रुपमा प्यूठानमा बीमा लागु भएको छ। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच आम नागरिकलाई पुर्‍याउने उद्देश्यले हालै स्वास्थ्य बीमा कार्यक्रम लागु भएको जनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सम्वन्यमा स्वास्थ्य बीमा बोर्ड टेकु काठमाण्डौँले प्रक्रिया अघि बढाएको हो।
जिल्लाका सरोकारवाला निकायहरुलाई बीमाबारे जानकारी गराउने काम भइरहेको जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिए। ‘बीमा गरेपछि प्यूठान अस्पताल, खलंगा र भिंगृ प्राथमिक स्वास्थ्यकेन्द्रबाट निःशुल्क सेवा लिन पाइने छ’,उनले भने,‘फागुन १ गतेदेखि गाउँगाउँमा पुगेर दर्ताको काम सुरु हुन्छ।’ जेठ १ देखि बीमा गराएका सेवाग्राहीले उपचार गर्न पाउने उनले जानकारी गराए।

पाँच जनाको परिवार बराबर दुई हजार पाँचसय रुपैयाँका दरले बीमा रकम बुझाउनुपर्ने प्रावधान रहेको बोर्डका प्रशिक्षक हिमलाल ज्ञवालीले जानकारी दिए। परिवार संख्या थप भएमा प्रतिव्यक्ति चारसय पचास रुपैयाँका दरले रकम थप्नुपर्ने उनले बताए। ‘पाँच जनाले कुल पचास हजार रुपैयाँ बराबरको उपचार गर्न पाउनेछन्’,उनले भने,‘रकम सकिएपछि नविकरण गर्नुपर्छ।’ एकपटक गरिएको बीमाको समयावधि वर्षदिन मात्र हुने उनको भनाई छ।

जिल्लाका सरोकारवाला निकायहरुले नीजि स्वास्थ्य संस्थाहरुसँग समेत सम्वन्य गरेर बीमाको सुविधा मिलाउनुपर्ने सुझाव दिएका छन्। उपचारपछि जिल्ला बाहिर रिफर गरिएका बिरामीहरुलाई बुटवल, नेपालगञ्ज, भैरहवा, काठमाण्डौँ लगायत शहरमा समेत बीमा बापतको सेवा उपलव्ध हुने सुविधा रहेको छ।

बीमा कार्यक्रममा सहभागी बीरामीहरुले नौ सय २८ थरीका औषधी निःशुल्क पाउनेछन्। नियमित स्वास्थ्य चेकजाँच गर्ने विपन्न वर्गका विरामीहरुलाई यस कार्यक्रमले विशेष योगदान पुर्‍याउने देखिएको छ।

चालु आर्थिक वर्षमा देशभर ३९ र आगामी वर्षमा सबै जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम लागु गरिने ज्ञवालीले जानकारी दिए। २०६८ सालको जनगणना अनुसार प्यूठानभर ७४ हजार घरधुरीका झण्डै २ लाख ५० हजार नागरिको स्वास्थयबीमा गरिने लक्ष्य लिइएको जनस्वास्थ्य अधिकृत सुवेदीले जानकारी दिए। उनका अनुसार फागुनको पहिलो दिनदेखि जिल्लाका ६४ वटै वडामा नागरिकको नामदर्ता सुरु हुनेछ। नामदर्ता वर्षभरीनै खूला रहने उनको भनाई छ।

देशभर बीमा कार्यक्रममा सहभागी हुनेमा धेरै महिला छन्। ४ लाख ४८ हजार चारसय ८१ जना नागरिक देशभरबाट बीमित भइसकेका छन्। यसमध्ये एक लाख ८८ हजार नौ सय ८१ जनाले सेवा लिएको तथ्यांक छ। २२ करोड रकम संकलन भएको र १२ करोड रुपैँया खर्च भइसकेको बीमा बोर्डले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.