कार्यकर्ता फकाउन जिल्ला दाैडाहा

कार्यकर्ता फकाउन जिल्ला दाैडाहा

 काठमाडौं : संघ र प्रदेश निर्वाचनमा पराजयपछि निराश भएका कार्यकर्तालाई फकाउन राप्रपा शीर्ष नेता जिल्ला दौडाहामा निस्केका छन्। नेता-कार्यकर्ता निराश बन्दा संगठन थप कमजोर हुने भन्दै राप्रपाले नेताहरूलाई देशभर खटाएको हो।

माघ पहिलो साता झापा, मोरङ, सुनसरी र सप्तरीको भ्रमण सकेका अध्यक्ष कमल थापा केही दिनअघि मात्र चितवन, मकवानपुर र बारामा पार्टीका कार्यक्रममा सहभागी भए। उनी केही दिनपछि दोलखा जाँदै छन्। उनी माघ अन्तिममा प्रदेश ७ का कैलाली र कञ्चनपुर जाने कार्यक्रम रहेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार उपाध्यक्ष बुद्धिमान तामाङ अर्को साता रौतहट, धनुषा, सर्लाही, महोत्तरी र सिन्धुली जाने कार्यक्रम छ भने महासचिव राजेन्द्र लिङ्देन सोमबारदेखि नै मेची र कोसी जाँदै छन्।

निर्वाचन पराजयपछि नेता-कार्यकर्ता निराश बन्दा संगठन थप कमजोर हुने भन्दै राप्रपाले नेताहरूलाई देशभर खटाएको हो।

महामन्त्री धवलशम्शेर राणालाई प्रदेश ५ मा खटाइएको छ भने प्रवक्ता सुशील श्रेष्ठ र भुवन पाठक आइतबारदेखि प्रदेश ७ कै पहाडी जिल्ला पुगेका छन्। उनीहरू बैतडी, डडेल्धुरा, बझाङ र बाजुरा पुग्नेछन्। सहमहामन्त्री चन्द्रबहादुर गुरुङ कैलाली, कञ्चनपुर र डोटी जाँदै छन्। विक्रमबहादुर थापालाई प्रदेश ४ को जिम्मेवारी तोकिएको छ भने उपाध्यक्ष टंक ढकाल र भाष्कर भद्रालाई सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरमा खटाइएको छ। राप्रपा सहप्रवक्ता श्रेष्ठले फागुनको केन्द्रीय परिषद बैठकमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र चुनावमा पराजयबारे पनि जिल्ला तहमा छलफल गरी आवश्यक सुझाव संकलन गरिने बताए।

प्रजातान्त्रिकको बैठक बस्दै

पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय कार्यसम्पादन समिति बैठक सोमबार बस्दै छ। बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने पार्टीले जनाएको छ। प्रजातान्त्रिकका अधिकांश नेताले कांग्रेससँग एकता गर्न नेतृत्वलाई दबाब दिइरहेका छन् भने केही नेता राप्रपासँग पुनः एकीकरणको पहल गर्न माग गरिरहेका छन्।

कार्यसम्पादन समितिले पार्टीको कार्यदिशाबारे आवश्यक निर्णय गर्ने प्रवक्ता किरण गिरीले जानकारी दिए। उनका अनुसार केही नेताले राजतन्त्र र हिन्दु राज्यबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.