वायुसेनाका पाइलट सेक्स भिडियो च्याटको लतमा फस्दा !

वायुसेनाका पाइलट सेक्स भिडियो च्याटको लतमा फस्दा !

एजेन्सी: भारतीय वायुसेनाका एक ग्रुप क्याप्टेनलाई देशको गोप्य सूचना चुहाएको आरोपमा दिल्ली पुलिसले गिरफ्तार गरेको छ। समाचार अनुसार पाकिस्तानी जासुसी एजेन्सी आईएसआईले हनीट्र्यापमार्फत ग्रुप क्याप्टेनबाट गोप्य सूचना लिएको तथ्य पत्ता लागेपछि पक्राउ गरिएको हो ।

ग्रुप क्याप्टेन अरुण मारवाह फेसबुकमार्फत दुई महिलाको सम्पर्कमा रहेका थिए । त्यसपछि उनले भारतको सुरक्षासम्बन्धी गोप्य सूचना ह्वाट्सएपमार्फत पठाएको पत्ता लागेपछि उनी फन्दामा परेका हुन् ।

ग्रुप क्याप्टेनमाथि सरकारी गोपनीयता कानुनमार्फत प्रहरीमा जाहेरी दर्ता गरिएको छ । सुत्रका अनुसार वायुसेना मुख्यालयमा तैनाथ रहेका ग्रुप क्याप्टेनलाई काउन्टर इन्टेलिजेन्स विङ्‍गको तर्फबाट करिब १० दिनसम्म बयान लिइएको थियो । त्यसपछि उनलाई दिल्ली पुलिसको जिम्मा लगाइएको हो । उनलाई अहिले पाँच दिनका लागि हिरासतमा पठाइएको छ ।

उनले एक सामाजिक सञ्जालमार्फत महिलासँग मित्रता सुरु गरेका थिए । उनी किरन नामकी ती महिलासँग सेक्स भिडियो च्याटका लागि यति धेरै तड्पिएका थिए कि उनले ती महिलालाई नयाँ सिम कार्ड पनि दिलाएका थिए । वायुसेनाले यस मामिलामा अहिलेसम्म आधिकारिकरुपमा आफ्नो भनाई सार्वजनिक गरिनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यदि उनी दोषी पाइए भने कम्तिमा पनि सात वर्ष जेल सजाय हुनेछ ।

यी अधिकारी वायुसेना मुख्यालयमा तैनाथ थिए । सुत्रलाई उधृत गर्दै भारतीय सञ्चामाध्यमले जनाए अनुसार वायुसेनाको केन्द्रीय सुरक्षा एवम् जाँच दलले एक नियमित जासुसीसम्बन्धी चेकजाँचका क्रममा ती अधिकारी अनधिकृत इलेक्ट्रोनिक उपकरणमार्फत अवैध गतिविधिमा लागेको खुलेको थियो ।

सेनामा सामाजिक सञ्जालमा सक्रिय हुनका लागि कडा आचारसंहिता रहेको छ । यसअनुसार सैनिकले आफ्नो पहिचान, पद, तैनाथ भएको स्थान र अन्य पेशासम्बन्धी विवरण सार्वजनिक गर्न पाउँदैनन् । उनीहरुलाई बर्दीमा पनि सामाजिक सञ्जालमा आफ्नो फोटो राख्न निषेध गरिएको छ ।

भारतीय पक्षले आफ्नो देशविरुद्ध जासुसी गर्नका लागि पाकिस्तानी जासुसी एजेन्सी आईसएआईले जासुसी गर्न हनीट्र्यापको सहयोग लिइरहेको जनाएको छ । यसमार्फत भारतीय सुरक्षानिकायका जवानलाई फसाउने गरिएको छ । सन् २०१५ मा रञ्जीत केके नामका एक एयरम्यानलाई पनि गिरफ्तार गरिएको थियो ।

बर्खास्त हुनु भन्दा पहिले उनी बठिन्‍डा बेसमा तैनाथ थिए । उनलाई दिल्ली पुलिसको अपराध शाखा, सैन्य जासुसी र वायुसेना यूनिटले संयुक्त अपरेशन गरेर पक्रेको थियो । उनलाई एकजना पाकिस्तानी युवती एजेन्टले आफ्नो जालमा फसाएको दाबी भारतीय पक्षको छ ।

समाचार अनुसार भारतीय वायु सेनाका यी पाइलटको पाकिस्तानी युवतीसँग फेसबुक च्याटिङ्गमा भेट भएको थियो । पाकिस्तानी एजेन्ट उसको फेक एकाउन्टमार्फत कुरा गर्थिन् । पाकिस्तानी महिला एजेन्टले रञ्जीतलाई जागिर खोजिदिने बहानामा सम्पर्क गरे‍की थिइन् । दुवैबीच फेसबुक, स्काइप र व्हाट्सएपमा कुराकानी हुन्थ्यो ।

यसक्रममा रञ्जीतले भारतको सुरक्षामा खतरा पर्ने सूचना पाक एजेन्टलाई दिएका थिए । भारतीय सेनाका लागि अत्यन्त गोप्य ती सूचना पाकिस्तानी युवतीसम्म पुर्याएपछि उनी संकटमा परेका हुन् । अनुसन्धानबाट रञ्जीले भारतीय लडाकु विमानको संख्या समेत बताइदिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.