कहाँ हराउँछन् महिला र बालबालिका ?

कहाँ हराउँछन् महिला र बालबालिका ?

भैरहवा: रुपन्देहीमा वर्षेनी महिला र बालबालिको हराउने संख्या बढ्दै गएको छ।आर्थिक वर्ष 2०७२/०७३ यता ७ सय महिला र बालबालिका हराएका छन्। जसमा ३ सय ७ जना भेटिएका छन् भने ३ सय ९३ को अवस्था अझै अज्ञात छ ।

गत आर्थिक वर्ष ०७२/०७३ मा एक सय ६४ जना महिला, २८ जना बालक र ४६ जना बालिका गरी २ सय ३८ जना हराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांकमा छ। जसमध्ये महिला २८, बालक ५र बालिका १३ गरी ४६ मात्र फेला परेका थिए भने अन्य ४ समेत फेला परेका थिए। २ सय ३८ जिल्लाबाट हराएको निवदेन परेकोमा ४६ फेला परे पनि १ सय ९२ अझै फेला परेका छैनन्। बाँकी फेला परेका ४ अन्य जिल्लाको रहेको तर उनीहरु रुपन्देहीमा फेला परेका हुन्।

त्यस्तै आव ०७३/०७४ मा हराउनेको संख्यामा एक सय ८९ महिला, ३० बालक र ७९ बालिका गरी २ सय ९८ रहेका छन्। जसमध्ये ९० महिला, १८ बालक र ५८ बालिका गरी १ सय ६६ जना फेला परेका थिए भने अन्य २२ पनि फेला परेका थिए। यस वर्ष २ सय ९८ जना जिल्लाबाट हराएको भन्ने निवदेन परेकोमा १ सय ३२ अझै फेला परेका छैनन्।

यस्तै चालु आव ०७४÷०७५ को पुस मसान्तसम्म हराउनेको संख्या १ सय ६४ पुगेको छ। जसमा एक सय १८ महिला, १६ बालक र ३० बालिका रहेका छन्। हराएका मध्ये ५९ जना महिला, १२ बालक र २४ बालिका गरी ९५ फेला परेका छन् भने अन्य १५ समेत फेला परेको प्रहरीको तथ्यांकमा छ।पुस मसान्तसम्म १ सय ६४ हराएको मध्ये निवेदन परेकोमा ९५ फेला परे पनि अझै ६९को अवस्था अज्ञात छ।

हराएको सूचीमा क्रमश सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन्। हराएको भनिने मध्ये अधिकांश महिला र बालिकाहरु भागी विवाह गर्ने र अधिकांश बालकहरु परिवारबाट पीडित भएको भन्दै आफूखुशी घर छाडेर हिड्नेहरु नै हुन्।

'हराएको सूचीमा रहेका अधिकांश व्यक्ति वास्तवमा हराएका हुदैनन्' जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख लक्ष्मण विकले आफ्नो अनुभव सुनाउँदै अन्नपूर्ण पोस्टसगँ भने।

हराएको सूचीमा रहेका मध्ये अधिकांश आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेको केन्द्रका प्रमुख विक बताउँछन्।

उनले भने,' हराएलग्त्तै परिवार निवेदन लिएर आउँछन् हामीहरुले पनि तत्कालै उनीहरुका साथीभाई आफन्तदेखि लिएर मोबाइलको कल डिटेललगायतसम्म अनुसन्धान गर्दा पछि थाहा हुन्छ सम्बन्धित हराएको भन्ने व्यक्ति आफूखुशी घर छाडेर गएको।

हराएको भन्ने संख्या सबैभन्दा बढी संख्या महिलाको रहेको छ।वैदेशिक रोजगारीमा गएकामध्ये केहीका श्रीमती परपुरुषसँग विवाह गरेर जानाले तत्काल हराएको निवदेन आउँदा हराएको संख्यामा नाम दर्ता हुने गरेको उनी बताउँछन्।

त्यस्तै बालिकाहरुको हकमा उनीहरुले मोबाइल फोन, समाजिक संजाललगायतबाट चिनजान भएको युवाहरुसँग परिवारलाई जानकारी नै नदिई घर छाडेर विवाह गर्दा बालिकाको संख्या हराएको सूचीमा पर्न जान्छ।

यस्तै बालक हराउने विषयमा परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानको असरले उनीहरु घर छाडेर हिँड्ने गरेको प्रमुख विकले बताए। तत्काल सम्पर्क नआउँदा हराएको निवदेन दिएपश्चात् परिवारले हराएका व्यक्ति भेटे पछि प्रहरीमा जानकारी नगराउँदा हराउनेको संख्या बढी देखिने गरेको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख लक्ष्मण विकले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.