एनसेलको टावरमा आगजनी

 एनसेलको टावरमा आगजनी

नुवाकोट : विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले नुवाकोट स्थित एनसेलको रिपिटर टावर ध्वस्त पारेका छन्।
विप्लवका कार्यकर्ताले विदुर नगरपालिका – ११ डाडागाउँ स्थित एनसेलको टावरमा सोमबार राति साढे ११ वजे आगजनी गरी ध्वस्त पारेका हुन्।


सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको एनसेलको टावरमा आगजनी हुँदा टावर पुर्ण ध्वस्त भई १५ लाख बराबरको सामाग्री क्षति भएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको उनले बताए। टावर ध्वस्त भएपछि डाडागाउँमा सञ्चार सेवा विच्छेद भएको छ।


आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपीएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ। फागुन १ गते जनयुद्ध दिवसको पूर्वसन्ध्यामा विप्लव नेतृत्वको माओवादीले घटना घटाएको सुरक्षा निकायले दाबी गरे पनि उसले घटनाको जिम्मेवारी लिएको छैन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.