इश्वर पोखरेल र प्रदीप ज्ञवाली मन्त्री बन्दै
काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सुरुमा दुईजना मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएपछि ओलीले एमालेका दुई नेतालाई सुरुमा मन्त्री बनाउन लागेका हुन् ।
स्रोतका अनुसार आजै प्रधानमन्त्रीमा नियुक्त ओलीले एमालेका महासचिव इश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीलाई मन्त्री बनाउन लागेका हुन् । माओवादी केन्द्रले भने एमालेसँगको पार्टी एकता तथा सरकारमा जाने प्रक्रियालाई प्याकेजमा टुंग्याएपछि सरकारमा जाने बताएको छ ।