किन सरकारमा गएन माओवादी ?

किन सरकारमा गएन माओवादी ?

काठमडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटकको सत्तायात्रा माओवादी केन्द्र सत्ता नगएपछि पहिलो दिन नै ‘खल्लो’ रह्यो । माओवादी केन्द्रले तत्काल सरकारमा नजाने निर्णय गरेपछि ओलीले आफूसहित तीन सदस्यीय मन्त्रीमण्डल बनाउँदै दोस्रो पटक सरकारको यात्रा थालेका छन् ।

दुई पार्टी एक हुन लागेको अवस्थामा माओवादी केन्द्रले एकता प्रक्रिया र सरकारमा जाने कुरालाई प्याकेजमै टुंग्याउने भन्दै तत्काल सरकारमा मन्त्री नपठाउने निर्णय गरेपछि ओलीले बिहीबार सानो आकारको मन्त्रीमण्डल बनाए ।

किन रोकियो माओवादी ?

नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया बुधबारै अन्तिम चरणमा पुगेको थियो । दुई दलका नेताले पटक पटक छलफल गरेपछि एकताप्रक्रियालाई अन्तिम रुप दिँदै त्यसलाई लिपीवद्ध पनि गर्न थालेका थिए ।

पढ्नुस्: संयोजन समितिको बैठक सकियो : वैचारिक नीतिमा कुरा अड्कियो

 

मंगलबार ललितपुरको मानभनवमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलको एकतालाई निचोडमा पुर्याएका थिए ।

त्यसपछि बुधबार पनि दुई नेताबीच वान टु वान वार्ता भएर त्यही साँझ दुई दलबीच एकताको घोषणा गर्ने तयारी समेत भएको थियो । यहीबीचमा चितवनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपत्यकबाहिर रहेका दुवै पार्टीका नेतालाई काठमाडौँ बोलाइएको थियो । नेता नेपालले चितवनमा दुई नेता मिल्दैमा पार्टी एकता हुन नसक्ने कडा प्रतिक्रिया पनि दिएका थिए ।

काठमाडौँ बोलाइएपछि बुधबार ओली–प्रचण्डबीच वान टु वान वार्ता भएको मानभवनस्थित माओवादी केन्द्रनिकट निर्माण व्यवसायीको घरमा एमाले स्थायी समितिको बैठक पनि बस्यो । अध्यक्ष ओलीले एकताबारे ब्रिफिङ गरेपछि बैठकले आवश्यक सुझावसहित माओवादीसँगको एकतालाई अन्तिम रुप दिने जिम्मा अध्यक्ष ओलीलाई दियो ।

त्यही समय खुमलाटारस्थित प्रचण्ड निवासमा माओवादी हेडक्वार्टरको बैठक बसेर एमालेसँगको एकतालाई अनुमोदन गर्दै नेताहरु दुई दलको संयोजन समितिको बैठकमा भाग लिन मानभवन आइपुगे ।

एमालेमा गुटको बैठक

माओवादीसँगको एकता वार्ता जारी रहेकै बेला नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहको गुटको बैठक पनि काठमाडौँमा बसेको थियो । त्यो बैठकमा माओवादीसँगको एकताका क्रममा वैचारिक नीति र सिद्धान्तबारे नेताहरुबीच चर्चा भएको थियो । बैठकमा अध्यक्ष ओलीले एकपक्षीय रुपमा पेलेर अघि बढ्न खोजेको भन्दै संयोजन समिति बैठकमा वैचारिक नीति र एकताबारे अडानसहित कुरा उठाउनुपर्ने निचोडमा नेताहरु पुगेका थिए ।

के भयो संयोजन समितिमा ?

माओवादीको हेडक्वार्टर बैठक र एमाले स्थायी समितिको बैठक सकिएपछि मानभवनमा एकता संयोजन समितिको बैठक बस्यो । त्यो बैठकमा मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादबारे कुरा उठ्यो ।

स्रोतका अनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यकारी अध्यक्ष, सभामुख र आलोपालो प्रधानमन्त्री समेत आफूहरुले स्वीकारिसकेकाले नयाँ पार्टीको वैचारिक नीति जनताको बहुदलीय जनवाद राखेर जानुपर्ने धारणा राखेका थिए ।

त्यही बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेता नेपालको भनाइलाई समर्थन गर्दै जबजलाई स्वीकारेर अघि बढ्न माओवादी नेताहरुसँग प्रस्ताव गरेका थिए । त्यसपछि अन्तिममा पुगेको एकता प्रक्रिया केही दिनका लागि सर्यो ।

त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले दुई पार्टीबीच एकता हुने तर विलय नहुने बताउँदै वैचारिक नीतिलाई अहिले थाँती राखेर अगाडि बढ्न प्रस्ताव गरेका थिए । उनले वैचारिक नीतिलाई नयाँ पार्टीको महाधिवेशनबाट टुंग्याउँदा राम्रो हुने बैठकमा बताएका थिए ।

माओवादी नेताहरुले एमालेको यो कदमलाई विगतको सहमतिबाट पछि हट्ने कामको संज्ञा दिएको छ । माओवादीका एक नेताले नयाँ पार्टीको बैचारिक नीतिबारे एमाले नेताहरु पछि हटे पनि एकतालाई टुंग्याउनुपर्ने बताए । उनले एकता प्रक्रिया सकेर मात्रै आफूहरु सरकारमा जाने पनि कुरा दोहोर्याए ।

अनि टर्यो एकता ?

जबजले दुई पार्टीबीच एकता त टर्यो‍ नै ओलीले सरकारमा पनि तत्काललाई एक्लै यात्रा गर्नुपर्यो‍ । बैठकपछि बाहिरिँदै एमाले उपाध्यक्ष वामदेव गौतमले एकताको ९५ प्रतिशत काम सकिएको प्रतिक्रिया दिए । उनले केही प्राविधिक काम बाँकी रहेको प्रतिक्रिया दिएर हिँडे ।

तर, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वैचारिक नीतिमै कुरो नमिलेका कारण एकता अड्किएको बताए । ‘हामीबीच वैचारिक नीतिमा कुरा मिलाउन बाँकी रह्यो’, उनले भनेका थिए, ‘अरु सबै कुरा मिलिसकेको छ, यसलाई हामी केही दिनमै मिलाउँछौँ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.