‘मेरामा वार्ता गर्दा प्रसन्न भएर फर्किनुहुन्छ’

‘मेरामा वार्ता गर्दा प्रसन्न भएर फर्किनुहुन्छ’

काठमाडौं : आइतबार बिहान १० बजे मेडिकल कलेजका सञ्चालक व्यापारी दुर्गा प्रसार्इंको भक्तपुर सानोठिमीस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगे। दाहाललाई स्वागत गर्न प्रसार्इं ढोकामै थिए।

‘ओलीजी आइपुग्दै हुनुहुन्छ होला’, दाहालले प्रसार्इंसँग भने। प्रसाईंले उनलाई डोर्‍याउँदै घरभित्र लगे। दाहाल प्रसाईंसँग गफिँदै गर्दा साढे १० बजे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पनि सुटुक्कै प्रसार्इं निवास छिरे।

मूलधारका राजनीतिक दलका प्रमुख दुई पात्र प्रसाईंको घरमा कुनै कार्यक्रम भएर पुगेका थिएनन्। एमाले-माओवादी एकताका लागि मिल्न बाँकी विषयमा ‘गोप्य छलफल’ का लागि ओली-दाहाल प्रसाईं निवास छिरेका थिए।

दुई अध्यक्षबीच मात्रै छलफल गर्न खोजिएको सूचना दाहालमार्फत प्रसाईंलाई पहिल्यै दिइएको थियो। प्रसार्इंको घरमा एमाले-माओवादी पार्टी एकता केन्द्रित भएर छलफल भएको आइतबार पहिलो पटक भने होइन। ययअघि पनि १२ माघको साँझ दुवै नेताले त्यही घरमा अढाई घण्टाभन्दा लामो छलफल गरेर उठेका थिए।

‘दुई पार्टी एकता क्रममा दोस्रोपटक मेरो घरमा उहाँहरू (ओली-दाहाल) को छलफल भयो, पहिले पनि भएको थियो’, प्रसार्इंले अन्नपूर्णसँग भने, ‘वार्ताको वातावरण बिग्रिएजस्तो देखिएका बेला दुवै अध्यक्ष मेरो निवासमा छलफलका लागि आउन थाल्नुभएको छ, यहाँ बसेर छलफल गरेर प्रसन्न मुद्रामा मिलेर निस्कने गर्नुभएको छ, आइतबार पनि दुवै नेता पहिलेजस्तै गरी खुसीसाथ निस्कनुभएको छ।’

ओली-दाहाललाई आफ्नो निवासमा स्वागत गरेका प्रसार्इंले साढे १० बजेदेखि १ बजेसम्म कुनै ‘डिस्टर्भ’ गरेनन्। दिउँसो १ बजे भने खाना तयार भएपछि लन्चका लागि आग्रह गर्न उनी दुई अध्यक्ष छलफल गर्न बसेका स्थानमा पुगेका थिए।

त्यसपछि भने झन्डै आधा घण्टा ओली-दाहाल र प्रसाईंसँगै बसेर लन्च लिए। प्रसाईंले लन्चमा मुर्सीको खाना, सागलगायत परिकार बनाउन लगाएका थिए। ‘लन्चको समयमा खानाको स्वाद, मुर्सी, साग कहाँबाट ल्याएको जस्ता विषयमै चर्चा÷परिचर्चा भए’, उनले भने, ‘दुई नेताबीच त्यसबेला कुनै राजनीतिक कुराकानी भएन।’

खाना खाएसँगै पुनः ओली-दाहाल फेरि ‘वन-अन-वन’ वार्तामा जुटेका थिए। ‘उहाँहरू दुई जनाको मात्र छलफलका बेला अन्य कुनै नेता आउने-जाने भएन, दुई जनाले मात्रै खुलेरै सौहार्दपूर्ण वातावरणमा कुराकानी गरेको बुझिन्छ’, उनले भने, ‘पछि साढे ३ मा दुवै नेता हर्षित मुद्रामा उठेर अब लाग्यौं भन्दै निस्कनुभयो, मेरो बुझाइमा उहाँहरूले कुनै न कुनै सहमति जुटाएरै सकारात्मक सन्देश बोकेर मेरो घरबाट निस्कनुभएको छ।’

यो पढ्नोस : सिद्धान्तको टुंगो महाधिवेशनबाट

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.