६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा प्रभातफेरी

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा प्रभातफेरी

भोजपुर : एक सय चार वर्षीय जहानिया राणाशासनविरुद्धको नेपाली जनताको आन्दोलनपछि विसं २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा बुधबार भोजपुरमा पनि प्रभातफेरीका साथ ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ।

२००७ सालको प्रजातन्त्रका योद्धा सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठको सम्झनामा देशैभर दिवस मनाउने गरिन्छ। भोजपुरमा पनि जननेता नारादमुनि थुलुङ र रामप्रसाद राईको अमूल्य बलिदानको सम्झनामा शान्ति र्‍यालीपछि उनको सालिकलाई भोजपुर टुँडिखेलस्थित सहिदपार्कमा माल्यार्पण गरिएको थियो।

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको प्रभातफेरी संगै दोश्रो निर्वाचन दिवस २०७४ का अवसरमा स्वच्छ, स्वतन्त्र निर्वाचन र समावेशिता विषयक अन्र्तक्रिया कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, कर्मचारी सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय, क्याम्पसका प्राध्यापक, शिक्षक, बुद्धिजिबी, सञ्चारकर्मी, पत्रकारलगायतको सहभागितामा निकालिएको र्‍याली भोजपुर डाँडागाउँबाट सुरु भई चारभञ्जाङ परिक्रमा गरि टुँडिखेलस्थित सहिदपार्कमा आई कोणसभामा परिणत भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.