जिल्लाका नेता मन्त्री भएपछि डोल्पामा खुसियाली

 जिल्लाका नेता मन्त्री भएपछि डोल्पामा खुसियाली

डोल्पा : संघीय सरकारको पहिलो प्रदेश मन्त्री पाएपछि डोल्पाली जनताले खुसियाली मनाएका छन्। नेकपा एमालेका नन्दसिंह बुढा उद्योग,पर्यटन बन तथा वातावरण मन्त्री भएपछि डोल्पाली जनताले खुसीयाली मनाएका हुन्।मन्त्री बुढाले आइतबार मन्त्री पदको जिम्मेवारी सम्हालेका छन्।

डोल्पा निर्वाचन क्षेत्र नम्‍बर १ बाट कुल मतको ८२ प्रतिशत मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका नन्दसिंह बुढा मन्त्री भएका हुन्।उद्योग,पर्यटन बन तथा वातावरणको भण्डार मानिने कर्णाली र डोल्पा जिल्लालाई अझै समृद्धि बनाउन मद्धत पुग्ने भन्दै डोल्पाली जनताले खुसियाली मनाएका छन्।

कलिलै उमेरमा मन्त्री बनेका बुढाले जिम्मेवारी पाएको मन्त्रालयमा जिम्मेवारीपूर्वक काम गरी डोल्पालीको पहिचान बनाउने विश्वास डोल्पाली जनताले लिएका छन्।

आइतबार शपथ खाइ उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री बुढाले पद मात्र ठूलो कुरा नभइ जनताले चाहेअनुसार जनताका काम पूरा गर्ने विश्वास दिएका छन्।

उनले संघीय सरकारमा डोल्पाबाट प्रदेशमा पहिलो मन्त्री भएकाले डोल्पाली जनताको मात्र नभइ प्रदेश ६ का जनताको भरोसालाई आत्मसाथ गर्दै जाने बताएका छन्।

राजनीति इतिहासमा माथिल्लो ओहोदामा हालसम्म सूचीमा परेको इतिहास छैन डोल्पाको। २०६४ मा संविधानसभा निर्वाचन पछि डोल्पाबाट समानुपातिकाबाट सभासद बनेकी सत्या पाहाडीले शान्ती तथा पूनर्निर्माण मन्त्री बनेकी थिइन्।

त्यसपछि डोल्पाले संघीय सरकार बनेपछि प्रदेश मन्त्री पाएको हो। नन्दसिंह बुढा डोल्पाबाट पहिलो मन्त्री हुन्। यसभन्दा पहिला राज्यमन्त्रीसम्म पाएको थियो डोल्पाले।

लामो समयदेखि नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा रहेका बुढा २०७० सालमा नेकपा एमाले जिल्ला कमिटि डोल्पाका पार्टी सचिव बनेका थिए। सरकारी जागिर छोडेर राजनीतिमा सक्रिए भएका बुढा कम उमेरमै पार्टीको जिम्मेवारी तहमा पुगेका थिए।

स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको दावी गरेका बुढा पार्टीको सहमतिमै पछि हटेर प्रदेशसभा सदस्यमा अत्याधिक मतले विजयी भएका थिए। उनी योगदान र क्षमताकै आधारमा मन्त्रीसम्म पुगेको एमालेनिकट अग्रजहरु बताउँछन्।

सधैं ओझेलमा परेको डोल्पा जिल्लाबाट प्रदेश मन्त्रीपरिषदमा मन्त्री बन्ने अवसर पाए पछि खुसियाली मनाइका छन्। स्थानीय भन्छन्, ' मन्त्री बन्नु भयो, खुसी छौं तर जनताको मतको कदर गरी सेवाको कमी महसुस हुन नदिनुहोला।'

nanda-sing-budha1


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.