'विपक्षीलाई विश्वासमा लिने कि द्वन्द्व निम्त्याउने ?'
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रक्रियाभित्रै सरकार परिवर्तन भएकोले विपक्षी दलको समेत विश्वास लिएर अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
प्रवक्ता शर्माले विपक्षी दललाई विश्वासमा लिएर अघि बढ्ने वा द्वन्द्वको स्थिति निम्त्याएर? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।
'नयाँ प्रधानमन्त्री प्रमुख विपक्षी दलको विश्वास लिएर कि द्वन्द्वको स्थिति निम्त्याएर अघि बढ्न चाहनुहुन्छ ?', शर्माले प्रजातन्त्र दिवसका सन्दर्भमा सोमबार ट्विट गरेका छन्, 'हेक्का रहोस्, संसदीय प्रक्रियाभित्रै सरकार फेरिएको मात्र हो, राज्यसत्ता नै परिवर्तन भएको होइन।'
नयाँ प्रधानमन्त्री प्रमुख विपक्षी दलको विश्वास लिएर
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 19, 2018
कि द्वन्द्वको स्थिति निम्त्याएर अघि बढ्न चाहनुहुन्छ ?
हेक्का रहोस् संसदीय प्रक्रियाभित्रै सरकार फेरिएको मात्र हो राज्यसत्तानै परिवर्तन भएको होइन ! फागुन ७ को महान तिथिले हामी सबैमा सद्बुद्धि प्रदान गरोस् ! ……………जय नेपाल !!
आइतबार सम्पन्न मन्त्रिपरिषद बैठकका निर्णय गोप्य राखिएको सन्दर्भमा शर्माको भनाई आएको हो।