एकता संयोजन समितिको बैठक बस्दै
काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुप दिन सोमबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ।
नेकपा एमालेका नेता एवम् संयोजन समितिका सदस्य सुरेन्द्र पाण्डेले अब पार्टी एकताले मुर्त रुप लिन थालेको जानकारी दिए। 'संभवत आजै बस्ने पार्टी एकता संयोजन समितीको बठकले ठोस टुंगो लगाउने छ' उनले भने। तर बैठक कति बजे बस्ने भन्नेबारे टुंग्यो लागेको छैन्।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अोली र नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भक्तपुरमा एक व्यापारीको घरमा वन टु वन वार्ता भएको थियो। पछिल्ला समयमा एमाले र माअाेवादी वार्ता सकारात्मक बन्दै गएको छ।