जंगली हात्तीले २१ घर भत्कायो

जंगली हात्तीले २१ घर भत्कायो

भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ।

राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। हात्तीले घरमा क्षति पुर्‍याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ।

प्रहरीको टोलीले पनि घटनास्थल पुगेर क्षतिको विवरण लिएको छ। हात्तीले घर भत्काएपछि पीडित खुला आकाशमा बसिरहेका छन्। शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले पीडितलाई तत्काल राहतस्वरुप प्रतिपरिवार दुई हजार प्रदान गर्ने जानकारी दिए।

उनले यसअघि पनि नरगरपालिका क्षेत्रका हात्तीपीडितलाई नगरपालिकाले राहत रकम उपलब्ध गराएको बताए।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.