प्रजातन्त्र दिवसमा टुँडिखेलमा सेनाको पुष्पवृष्टि, तस्बिरहरू

प्रजातन्त्र दिवसमा टुँडिखेलमा सेनाको पुष्पवृष्टि, तस्बिरहरू

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी ६८ औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी भइन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद् सदस्य, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति थियो।

राष्ट्रपति भण्डारीलाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश पराजुलीले शान्तिको कामना गर्दै सेतो परेवा उठाएका थिए।

सोही अवसरमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।

सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायबाट आकर्षक मार्चपास, उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए।

साथै राष्ट्रिय खेलकूल परिषद्का खेलाडीले आकर्षक खेल प्रस्तुत एवं सुरक्षा निकायका ब्याण्ड प्रदर्शनले कार्यक्रमलाई थप आकर्षित गराएको थियो। 

राससका प्रदीपराज वन्तले खिचेका फोटोहरूः

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा शान्तिका प्रतीक परेवा उडाउँदै। 

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट प्रजातन्त्र दिवसको झण्डा फहराउँदै। 

सलामी ग्रहण गर्दै राष्ट्रपति भण्डारी। 

नेपाली सेनाको मार्चपास। 

सशस्त्र प्रहरीको मार्चपास। 

नेपाली सेनाको मार्चपास।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.