झापा क्वार्टरफाइनलमा

झापा क्वार्टरफाइनलमा

 

बिर्तामोड : आयोजक रमपम झापा-११ तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबारबाट बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिम-११ लाई ५-० गोलले पराजित गर्दै झापा प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।

सुरुआतबाटै उत्कृष्ट प्रदर्शन गरेको झापाले ठूलो अन्तरको जित निकाल्न सफल भयो । झापाले खेलको पहिलो हाफमै अग्रता बनाएको थियो । खेल सुरु भएको छैटौं मिनेटमै देवेन्द्र तामाङले गोल गर्दै टोलीलाई १-० ले अघि राखेका थिए । स्ट्राइकर कर्ण लिम्बूको हेडिङ बारमा लागेर फर्केपछि देवेन्द्रले गोल गरेका थिए । त्यसलगत्तै भएको आत्मघाती गोलले घरेलु टोलीको अग्रता दोब्बर बन्यो ।

सुदूरका विष्णु चौधरीले क्लियर गर्न प्रहार गरेको बल झापाका विश्वास श्रेष्ठको शरीरमा लागेर गोलमा परिणत भएको थियो । त्यसपछि खेलको ३१औं मिनेटमा कर्णले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए । त्यसको १४ मिनेटपछि गिलसन कन्दङ्वाले गोल गर्दा झापाले पहिलो हाफमै ४-० को अग्रता बनाएको थियो । त्यसपछि खेलको ५२औं मिनेटमा कर्णले व्यक्तिगत दोस्रो गोल गरेपछि झापाको जित ५-० ले पक्का बनेको थियो । टोलीको जितमा दुई गोल गरेका कर्ण म्यान अफ दी म्याच चुनिए ।

शनिबारबाट सुरु भएको प्रतियोगितामा झापा र सुदूरपश्चिम-११ सँगै थ्रीस्टार, मनाङ मस्र्याङ्दी, सहारा क्लब पोखरा, रूपन्देही-११ र सिक्किम युनाइटेड एफसीसहित विभागीय टोलीहरू त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले १२ लाख ५१ हजार तथा उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै यसपटक प्रतियोगिताका उत्कृष्ट दुई खेलाडीलाई मोटरसाइकलले पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ

प्रतियोगिता उद्घाटनका अवसरमा पुराना दुई खेलाडीलाई पुरस्कृतसमेत गरिएको छ । आयोजकले पुराना फुटबलर रामदर्शन गुरुङ र सन्तबहादुर रायमाझीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलाडीद्वयलाई सम्मान गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.