कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा कुमारी लक्ष्मी राई

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा कुमारी लक्ष्मी राई

काठमाडौं : नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए।

रार्इ भोजपुरकी हुन् । वाम गठबन्धनले भने वर्तमान राष्ट्रपति विद्या भण्डारीलार्इ नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। 

राष्ट्रपतिकी उम्मेदवार कुमारी लक्ष्मी रार्इ भोजपुरका पुराना कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन्। देवानसिंह २०१५ सालमा सांसदमा निर्वाचित भएर बिपी कोइराला नेतृत्वको सरकारमा उपमन्त्री मन्त्री बनेका थिए। मन्त्री भइसकेका देवानसिंहको पञ्चायत कालमा हत्या गरिएको थियो ।

देवानसिंह राई विश्वेश्वरप्रसाद कोइरालासँगै सुन्दरीजल जेलमासमेत परेका थिए । सन् १९३९देखि १९४५ सम्म चलेको विश्व युद्धमा लाहुरेका रुपमा लडेका राईले गोरखा सैनिकका रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.