सरकारमा जान ओलीसँग राजपाका तीन शर्त

सरकारमा जान ओलीसँग राजपाका तीन शर्त

काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी ओली नेतृत्वको सरकारमा जान तीन शर्त राखेको छ । राजपाका महासचिव मनिष सुमनले सरकारमा जान तीनवटा ठोस प्रस्ताव राखेको जानकारी दिएका छन् ।

के हुन् शर्त ?

राजपाले मुद्दा फिर्ता गर्नुपर्ने, मधेस आन्दोलनमा सहादत प्राप्त गरेका रघु साफी लगायतलाई सहिद घोषणा गर्नु पर्ने र संविधान संशोधन गर्नुपर्ने ठोस प्रस्ताव राखेको छ ।

महासचिव सुमनका अनुसार राजपाले ठोस प्रस्तावमा सरकारको दृष्टिकोण सार्वजनिक रुपमा आउनुपर्ने माग गरिएको छ । उनले तीन प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता आएमा सरकारमा जाने बताए । राजपा महासचिव सुमनले सरकारमा जान राजपाले सम्झौता वा वार्ता गर्न नचाहेको बताए ।

वार्ता गर्नै पर्दैन

‘प्रधानमन्त्रीको सार्वजनिक प्रतिवद्धता व्यक्त गरिदिए पुग्छ, पहिला जस्तो ४५ औँ पटक वार्ता र ३० औँ बुँदे सम्झौता गरी रहन पर्दैन,' उनले भने ।

सुमनले प्रधानमन्त्रीको सार्वजनिक प्रतिबद्धता आएमा तत्काल केन्द्रीय कमिटी बैठक बसेर निर्णय गर्ने बताए । प्रदेश सभा सदस्य रहेका सुमनले यथार्थमा राजपालाई सरकारमा समावेश हुने जानदेश नभएको प्रष्ट्याएका छन् ।

उनले भने, ‘हामीलाई सरकारमा समावेश हुने जनादेश छैन, तर देश बनाउने सहकार्य गरौँ भनेर प्रधानमन्त्रीबाट प्रस्ताव आएकोले हामी तयार भएका हौं ।’

ओलीले ठाकुरलाई बोलाए

सुमनले प्रधानमन्त्रीद्वारा राजपा संयोजक महन्थ ठाकुरलाई बोलाएर सरकारमा आउन आग्रह गरेको बताए । ‘सरकारमा आउन प्रधानमन्त्री ओलीले हाम्रा संयोजकलाई बोलाएर आग्रह गर्नुभयो’, उनले भने ।

आइतबार सरकार जाने विषयमा राजपा संयोजक ठाकुर र प्रधानमन्त्री ओली सकारात्मक छलफल भएको थियो । छलफलमा ठाकुरले संविधान संशोधनमा राजी भएमा सरकारमा जान सकिने बताएका थिए।

प्रधानमन्त्री ओली पनि संविधान संशोधनमा सकारात्मक देखिएका छन् । त्यसपछि राजपा नेता र प्रधानमन्त्रीबीच सरकारमा जाने सन्दर्भमा पटक पटक औपचारिक र अनौपचारिक कुराकानी भइरहेको छ ।

संविधान संशोधनमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक भएपछि नै संघीय समाजवादी फोरम सरकारमा जाने भएको हो । फोरम सरकारमा जाने भएपछि राजपा सरकारमा जान आतुर रहेको तर ‘सेफ ल्याण्डिङ’को लागि प्रस्ताव राखेको एकथरीको भनाई रहेको छ ।

फोरमले गर्दा तनाव

संघीय समाजवादी फोरम सरकार जाने भएपछि राजपामा समेत सरकारमा जाने विषयमा छटपटी भएको छ । फोरमलाई मात्रै वाम गठबन्धनले आमन्त्रण गरेपछि राजपामा तनाव बढेको हो ।

राजपा सरकारमा जाने संभावना बढेपछि फोरमले समेत हतार हतार सरकारमा जाने औपचारिक निर्णय गरेको छ । प्रतिनिधि सभामा राजपाको १७ सिट रहेको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ११ र समानुपातितर्फ ६ सिट जितेको छ । प्रदेश २ मा राजपाले २५ सिट जितेको छ । प्रदेश २ मा फोरम र राजपा गठबन्धनको सरकार छ । फोरम–राजपा सरकारलाई वामगठबन्धनको समर्थन छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.