नेपाललाई तेस्रो सफलता : सन्दीप लामिछानेले लिए दुई विकेट

नेपाललाई तेस्रो सफलता : सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गरिराखेको छ।

नेपालले दिएको १५० रनको चुनौती पछ्याउने क्रममा स्कटल्याण्डले तीन विकेट गुमाएको छ। नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिएका छन्। पहिलो विकेट ९ दशमलव ३ ओभरमा लिएका सन्दीपले व्यक्तिगत दोस्रो विकेट १९ दशमलव ३ ओभरमा लिए। त्यसैगरी नेपालका लागि बसन्त रेग्मीले अर्को विकेट लिएका छन्। रेग्मीले १८ दशमलव २ ओभरमा विकेट लिएका हुन्।


सन्दीपले ९ँ ओभरको तेस्रो बलमा स्कटल्याण्डका म्याथु क्रसलाई आउट गर्दै पहिलो विकेट लिएका थिए। क्रस पारस खड्काको हातबाट क्याच भए। उनले १४ रन बनाएका थिए।

नेपालले दिएको सामान्य लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले २१ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ८६ रन बनाएको छ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले एक पछि अर्को झट्का व्यहोरदै बलियो स्कटल्याण्डलाई झिनो लक्ष्य दिएको हो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए। पारसले ७५ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाएका हुन्।

नेपालका लागि अन्य ब्याट्सम्यानले भने उल्लेखनीय रन जोड्न सकेनन्। अन्तत, बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डले नेपाललाई ४७.४ ओभरमा १४९ रनमै रमेटेको हो।

नेपालका लागि बसन्त रेग्मी ५१ बलमा २४ रनमा नटआउट रहे भने सोमपाल कामीले ५४ बलमा १८ रन जोडे। त्यसैगरी रोहितकुमार पौडेलले ४० बलमा १५ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपालका लागि ज्ञानेन्द्र मला १, दीलिपनाथले चार, दीपेन्द्रसिंह ऐरी १, आरिफ शेख २, सन्दीप लामिछाने ६, ललित नारायण राजवंशी ४ र शरद भेषवाकर शून्य रनमा समेटिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.