स्कटल्याण्डसँग नेपाल चार विकेटले पराजित

स्कटल्याण्डसँग नेपाल चार विकेटले पराजित

काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग चार विकेटले पराजित भएको छ । नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ६ विकेटको क्षतिमा ४१ दशमलव ३ ओभर खेल्दा १५३ रन बनाएरर सहजै भेट्टाएको हो । ५१ बल बाँकी हुँदै स्कटल्याण्डले नेपालमाथि सहज जित दर्ता गरेको हो ।

स्कटल्याण्डका लागि नटआउट रहेका काइल कोएट्जरले सर्वाधिक १३६ बलमा ८८ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले र बसन्त रेग्मीले दुई–दुई विकेट लिए भने ललित नारायण राजवंशी र दीपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए।

टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले एक पछि अर्को झट्का व्यहोरदै बलियो स्कटल्याण्डलाई झिनो लक्ष्य दिएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए । पारसले ७५ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाएका हुन् ।

नेपालका लागि अन्य ब्याट्सम्यानले भने उल्लेखनीय रन जोड्न सकेनन् । अन्तत, बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डले नेपाललाई ४७।४ ओभरमा १४९ रनमै रमेटेको हो ।

नेपालका लागि बसन्त रेग्मी ५१ बलमा २४ रनमा नटआउट रहे भने सोमपाल कामीले ५४ बलमा १८ रन जोडे । त्यसैगरी रोहितकुमार पौडेलले ४० बलमा १५ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि ज्ञानेन्द्र मला १, दीलिपनाथले चार, दीपेन्द्रसिंह ऐरी १, आरिफ शेख २, सन्दीप लामिछाने ६, ललित नारायण राजवंशी ४ र शरद भेषवाकर शून्य रनमा समेटिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.