एन्फाद्वारा स्ट्राइकर अनु सम्मानित

एन्फाद्वारा स्ट्राइकर अनु सम्मानित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय नारी दिवसलाई बुधबार ‘महिला फुटबल दिवस’को रूपमा मनाएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले हरेक वर्ष मार्च ८ को दिनलाई एएफसी महिला फुटबल दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष एएफसीमा आबद्ध विभिन्न ३० देशमा फुटबल खेलसम्बन्धी फेस्टिवल, प्रतियोगिता, वर्कसप, सेमिनार र स्किल क्लिनिक लगायतका कार्यक्रम गरी महिला फुटबल दिवस मनाइएको एएफसीले जनाएको छ ।

यस वर्षको कार्यक्रममा २३ हजार महिलाले प्रत्यक्ष सहभागिता जनाएका छन् । यसैगरी एन्फाले पनि सातदोबाटोस्थित एन्फा मुख्यालयमा विभिन्न स्कुलका छात्रा र राष्ट्रिय महिला टोलीबीच २० मिनेटको मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको थियो । सोही अवसरमा एन्फा अन्तर्गतको महिला समितिले नेपाली राष्ट्रिय महिला टोलीकी कीर्तिमानी स्ट्राइकर अनु लामालाई २५ हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मान गरेको छ ।

अनुको नाममा अन्तर्राष्ट्रिय ३५ गोलको कीर्तिमान छ । अनुलाई कार्यक्रमकी प्रमुख अतिथि एवं प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले सम्मान गरिन् । कार्यक्रममा एन्फाका पदाधिकारी, प्रशिक्षक, खेलाडी लगायतको उल्लेख्य उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.