नेपालको दुई विकेट लिएका जिम्बाब्वेका क्रिकेटर प्रतिबन्धित

नेपालको  दुई विकेट लिएका जिम्बाब्वेका क्रिकेटर प्रतिबन्धित

एजेन्सी: अन्तरराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जिम्बाब्वेका तीब्र गतिका बलर ब्रायन भिटोरीको बलिङमा प्रतिबन्ध लगाएको छ । आईसीसी विश्वकप छनौट अन्तर्गतको खेलमा भिटोरीले गरेको बलिङ एक्सनलाई अवैध ठहर गर्दै आईसीसीले भिटोरीलाई प्रतिबन्ध लगाएको हो ।

आईसीसी क्रिकेट विश्व कप छनोट २०१८ को आयोजक समितिले भिटोरीको बलिङ एक्सनलाई अवैध ठहर गर्दै प्रतिबन्ध लगाएको हो ।

भिटोरीले नेपालविरुद्धको खेलमा जिम्बाब्वेका लागि २ विकेट लिन सफल भएका थिए । उनले ८ ओभर बलिङ गर्दै ४६ रन खर्चेर नेपाललाई झट्का दिएका थिए ।

आइतवार नेपालविरुद्ध खेलिएको अप्रसारित खेलपछि आईसीसीका अधिकारीहरुले बायाँ हाते २८ वर्षीय तीब्र गतिका बलरविरुद्ध रिपोर्ट गरिएको थियो । त्यसपछि भिटोरीको बलिङमा आईसीसीले यी वर्ष तेस्रो पटक प्रतिबन्ध लगाएको हो ।

आईसीसी अवैध बलिङ विनियमको अनुच्छेद ३.६.२ अनुसार, मंगलवार अफगानिस्तानविरुद्ध भएको खेलमा भिटोरीको बलिङ एक्सनको भिडियो कैद गरिएको थियो । उनको बलिङको भिडियो फुटेजमा इभेन्ट प्यानलका हेलेन बायन र मार्क किङ्गलाई जिम्मा लगाइएको थियो ।

पीटीआईका अनुसार जाँचपछि इभेन्ट प्यानलले भिटोरीको बलिङ एक्सन अवैध रहेको ठहर गर्दै अनुच्छेद ६.५ अनुसार अन्तरराष्ट्रिय क्रिकेटमा उनको बलिङलाई प्रतिबन्धित गरिएको हो ।

भिटोरीको बलिङमाथि आईसीसीद्वारा अनुमोदित परीक्षा केन्द्रमा उनले आफ्नो बलिङको आँकलन गराउँदैनन् तबसम्म अवैध मानिनेछ । आईसीसीले वैद्य ठहर नगरुन्जेल उनले मैदानमा उत्रिन पाउने छैनन् ।

यसैबीच इभेन्टको प्राविधिक कमिटीले विश्वकप छनोटका लागि जिम्बाब्वेको टिममा भिटोरीको सट्टा रिचर्ड नगारावालाई सामेल गर्न अनुमति दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.